• ५ जेठ २०८१, शनिबार

भीरबाट लडेर मृत्यु

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १८ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो।

गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबो लिम्बूका अनुसार घाँस काट्नलाई जङ्गल गएका लिम्बूको स्थानीय लेक्सेन भीरबाट लडेर मृत्यु भएको हो। निकै अप्ठ्यारो उक्त भीरबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको उपाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। 

उहाँकाअनुसार घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लाकका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। यता घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मामाङ्खे जिल्लाकै एक दुर्गम तथा बिकट भू-बनावट रहेको क्षेत्रमा पर्दछ।