• ४ जेठ २०८१, शुक्रबार

झाडापखालाका कारण बालकको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड

blog

गौरीगन्ज अस्पताल तोडफोडपछि धर्ना दिँदै स्थानीय । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २० गते । 
झाडापखाला कारण झापाको गौरीगन्ज गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका– ६  खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा उमेश महतोको झाडापखालाका कारण मृत्यु भएको जनाइएको छ ।

महतोलाई झाडापखाला लागेपछि बिहीबार बिहान ८ बजे गौरीगन्ज अस्पताल लगिएको थियो । तर यहाँ उपचार हुन नसक्ने भएपछि दमक ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भएको मृतकका आफन्त राजकुमार महतोले बताउनुभयो । बिरामीको मृत्यु भएपछि आफन्तले शवलाई अस्पतालमै लगेर राखेका छन् ।

समयमा दमक नपठाएको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त तथा स्थानीयले गौरीगन्ज अस्पतालमा तोडफोड समेत गरेका छन् । अस्पताल परिसरमा बाक्लो रूपमा प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो ।

झापामा अधिक गर्मी बढेसँगै बालबालिकामा झाडापखाला र बान्ताको समस्या बढ्दै गएको छ । अस्पतालमा यस किसिमका बिरामीहरूको चाप बढेको बताइन्छ ।