• २८ वैशाख २०८१, शुक्रबार

आगलागीले ६ परिवारका १० घर जलेर नष्ट

blog

आगलागीले नष्ट भएको घर । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, बैशाख १५ गते । सुनसरी हरिनगर गाउँपालिका २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट भएको छ । 

आगलागीबाट स्थानीयहरुको घर र घरमा रहेको खाद्यान्न, सरसमान, लत्ताकपडा लगायत सामग्री जलेर नष्ट भएको हो । आगलागी भुटाहाका मुसहरु मियाँको घरबाट सल्केको र सोही आगोले स्थानीय रहिम अन्सारी, अहमद अन्सारी, नजाम अन्सारी, अजिज अन्सारी र सराज अन्सारी लगायत ६ परिवारका १० घर जलेर नष्ट भएको छ । 

समयमै स्थानीयहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगरपालिका, देवानगञ्ज गाउँपालिका, कोशी, बराहक्षेत्र, दुहबीलगायतको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीमा परेर छ जनाको घर जलेर नष्ट भएपछि उनीहरु घरबारविहीन भएको स्थनाीय मोहोसिम आलमले जानकारी दिनुभयो । 

यसअघि हरिनगर गाउँपालिका –१ लपका हाटको हजाम टोलमा आगलागी भएको थियो । उक्त अग्निपीडितलाई हरिनगर गाउँपालिका –१ का वडा सदस्य जमील अन्सारीले राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।