• ३१ वैशाख २०८१, सोमबार

गोरखापत्रकर्मी यादव सम्मानित

blog

गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सुनसरीको इनरुवामा अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रिय कार्यालयका अध्यक्ष झोटन मेहताले सम्मान गर्नुहुँदै । तस्बिर : देवराज यादव

जयकृष्ण यादव

इनरुवा, वैशाख १६ गते । अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय सुनसरीले साहित्य र पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुर्‍याएबापत गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ । सुनसरीमा साहित्य, संस्कृति र गीतकारहरुको पक्षमा कलम चलाउने र पत्रकारिताको माध्यमबाट समाजमा योगदान गर्नुभएको भन्दै यादव र सत्य संसार पत्रिकाका देवराज यादवलाई सम्मान गरेको हो । 

यादव दुई दशकदेखि साहित्य, शिक्षा र समग्र विकासको पक्षमा पत्रकारिता गर्दै आउनुभएकोले साहित्य सम्मानबाट सम्मानित गरिएको अपन स्वर्ग नेपाल कला संस्कृतिका केन्द्रीय अध्यक्ष गायक झोटन मेहताले जानकारी दिनुभयो। मेहताका अनुसार साहित्य, गीत र संगितको संरक्षणमा योगदान गर्ने अर्का पत्रकार सत्य संसार पत्रिकाका देवराज यादवलाई समेत सम्मान गरेको छ ।