• २७ वैशाख २०८१, बिहिबार

इलाम उपनिर्वाचन : सक्कियो मतदान

blog

इलाम नगरपालिका – ५ वडा कार्यालयमा केहीबेर अघिमात्र मत खसाल्दै वद्धा मतदाता । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, वैशाख १५ गते ।
इलाम–२ मा शनिबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सक्किएको छ  । अहिले मतदान स्थल भित्र प्रवेश गरेका मतदाताले मत खसाल्ने कार्य अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न भएसँगै मतपेटिका शील गर्ने, सङ्कलन गर्ने र सबै केन्द्रहरुबाट आजै ढुवानी गरिने छ ।

सबै केन्द्रहरुबाट मतपेटिका शील गर्ने, कपडामा बेर्ने र ढुवानी गर्ने यसअघि हिजो शुक्रबार बसेको सर्वदलीय बैठकले निणर्य गरिसकेको छ । मतपेटिका ढुवानी गर्दा सुरक्षाकर्मी र मतदान अधिकृत सो सवारीमा रहने सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । मतपेटीका रहेको गाडीको निश्चित दूरीमा रहेर राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिसँगै आउने पनि निर्णय भएको उहाँले बताउनु भयो । सदरमुकाम ल्याइएका मत पेटिकाहरु सुरक्षा निकाय र राजनीतिक दल र उम्मेदवारको सहमतिमा भण्डारन गर्ने पनि निर्णय भएको छ ।

राती करिब १० बजे सम्ममा सबै केन्द्रहरुबाट मतपेटिका सदरमुकाम आइसक्ने र सकेसम्म आजैबाट मतगणनाका विषयमा निर्णय हुने प्रजिअ यादवले बताउनुभयो । इलाम– २ मा एक सय ४९ मतदान केन्द्र रहेका थिए ।