• ३० वैशाख २०८१, आइतबार

एमाले सुनसरी जिल्ला सम्मेलन जेठमा

blog

आइतबार नेकपा एमाले सुनसरीको १२ औं पूर्ण बैठकमा उपस्थित नेताहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख १६ गते ।
नेकपा (एमाले) सुनसरीको १२ औं जिल्ला अधिवेशनको आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने भएको छ । आइतबार एमाले सुनसरीको १२ औं पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति घोषणा गर्ने निणर्य गरेको हो । यहाँ १२ औं जिल्ला सम्मेलनको जेठ ५ गते भव्यताका साथ उद्घाटन गर्ने एमाले सुनसरी सचिव पर्शुराम यादवले जानकारी दिनुभयो ।

सम्मेलनमा विभिन्न जनवर्गाीय संगठन, जिल्ला सल्लाहकार, लेखा कमिटि, ज्येष्ठ नागरिक मञ्चबाट प्रतिनिधित्व गर्ने र प्रतिनिधि सहभागि हुने यादवले जानकारी दिनुभयो ।

यसैबिच जिल्ला सम्मेलनमा अध्यक्षसहितका पदाधिकारीका लागि नयाँदेखि पुराना नेताहरुको दौडधुप सुरु भएको पार्टी स्रोतले जनाएको छ ।

पार्टी स्रोतका अनुसार वर्तमान जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीसँग केही मतले पराजित हुनुभएका खेमराज पोखरेल र जिल्ला नेता निलम खनाल तथा नन्द कुमार बस्नेत जिल्ला अध्यक्षको आकाक्षिको रुपमा रहनुभएको छ । सम्मेलनमा अध्यक्षसहितका पदाधिकारीहरु सर्वसहमतिको प्रयास गर्ने नभएको अवस्थामा मतदानबाट चयन गर्ने तयारी भएको जनाएको छ ।