प्राधिकरणका दुई जना कर्मचारीमाथि कुटपिट
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इन्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।
दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री
जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।
चट्याङले अवरुद्ध विद्युत ट्रान्सफरमर मर्मतपछि सञ्चालन
चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा अवरुद्ध बनेको विद्युत चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ ।
पशुपतिनगरमा महिला प्रहरी आवास गृह
इलामको पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरिएको आवास गृहको उद्घाटन गरिएको छ ।
१०८ जनाले त्यागे नेपाली नागरिकता
झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ ।
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ ।
सुपारीखेती भरपर्दो आम्दानीको स्रोत
झापामा नगदेबालीका रूपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।
अरुण उपत्यकाको मनोरम दृश्य
सङ्खुवासभाको चैनपुर नगरपालिका ११ लोहाकोटको सेल्फी डाडाबाट बिहीबार दिउसो देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बीचमा रहेको खाँदबारी नगरपालिका ९ तुम्लिङटार क्षेत्रको मनोरम दृष्य ।
अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।
विपत् प्रतिकार्य योजना पारित
जिल्ला विपत् व्यवस्थापन समिति ताप्लेजुङले चालू आर्थिक वर्ष २०८१/८२ को विपत् प्रतिकार्य योजना पारित गरेको छ।समितिको शुक्रबार बसेको बैठकले मनसुन, आगलागी, चट्याङ, महामारी र आँधीसहितको विपत् प्रतिकार्य योजना पारित गरेको हो।
महिलाको शव फेला
सुनसरीको इनरुवा नगरपालिका-३ राधाकृष्ण मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको हो ।
जनताको आर्थिक समृद्धिलाई जोड्न योजना कार्यान्वयन गरिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगको बैङ्कमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ ।
लिम्बू सभ्यतामा चोलुङ पार्क
प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
भुल्के बेँसीमा विकासले निम्त्याएको विनाश
भुल्के बेँसीमा गएराती अविरल वर्षासँगै आएको बाढीले सुनकोशी गाउँपालिका–६ भुल्के दोभानमा धान खेत पुरिएको छ ।
झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
हावाहुरी र वर्षाले बालीमा क्षति
हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो ।
बन्दा बजार पठाउने तयारी
बन्दाकोभी बिक्रीका लागि बजार पठाउने तयारी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोती बहुउद्देश्यीय कृषक समूहका पदाधिकारी । उनीहरुले गत वर्षदेखि सामूहिकरुपमा जग्गा भाडामा लिएर फलफूल तथा तरकारी खेती गर्दै आएका छन् ।
बालिका अपहरण गर्ने तीन पक्राउ
सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वर्गीय बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा निवासी एक परिवारका दिदीबहिनीले आफ्ना स्वर्गीय बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ। स्वर्गीय दम्पती दावा शेर्पा र लाक्पी शेर्पाका छोरीहरू दिकु लामा शेर्पा र जाङ्मु लामा शेर्पाले स्वर्गीय बाबुआमाको स्मृतिमा एक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो।
पुल निर्माणपछि नदी वारपार गर्न सहज
खोटाङको डिकुवा बाईटारका नागरिकले ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । सुनकोसी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यता सधैका लागि अन्त्य भएको हो ।
श्रीलङ्का टापुको चिलैया र जलाल क्षेत्रमा कटान तीव्र
सप्तकोसी नदीले सुनसरीको श्रीलङ्का टापुमा कटान गरिरहेको छ । कोशीले टापुको जलाल, शिशौली घाट र चिलैया क्षेत्रमा कटान गरिरहेको छ ।
एक लाख २८ हजार अलैँची बिरुवा बिक्री
अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो वर्ष एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपियाँका दरले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ ।
किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ
काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।