• २८ असार २०८२, शनिबार

भानु जयन्तीमा सार्वजानिक बिदा

blog

भानु नगरपालिका–४ चुँदीफाँटमा भानुको प्रतिमास्थलमा भानुजयन्ती मनाउने क्रममा पुग्नु भएकाहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार २८ गते ।
भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी असार २९ आइतबार गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

गण्डकी सरकारले निर्णयअनुसार प्रदेश राजपत्रमा सार्वजनिक बिदासम्बन्धी सूचना प्रकाशित गरेकोमा आफूलाई खुसी लागेको नगर प्रमुख त्रिपाठीले बताउनुभयो ।

भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सयुक्त आयोजनामा आदिकविकै जन्मस्थल चुँदीरम्घमा साता व्यापरी रुपमा भानु जयन्ती मनाउने काम भइरहेको छ । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही  कविता प्रतियोगिता, रामायण वाचन, रक्तदान, बिरामीलाई फलफूल वितरण, काव्यसन्ध्या, प्रभात फेरी र साँझ दिपावली लगायतको कार्यक्रम आयोजना गरिएको छ । असार २९ गते हुने मुख्य कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम हुने समितिले जनाएको छ ।

यसैगरी, व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित भानु घाँसी स्मारक पार्क संरक्षण समितिले असार २९ गते आदिकवि भानुभानुभक्त आचार्यसँग सम्बन्धित काव्य वाचन कार्यक्रम राखिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने निर्णय भएको समितिका अध्यक्ष अमृत पन्थले जानकारी दिनुभयो ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका  आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो ।

नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।  विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु¥याउन सक्नुभएको छ । यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महत्त्व आज पनि उत्तिकै लोकप्रिय छ ।

आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगत्का चम्किला तारा मानिनुहुने भानुभक्तको  मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो । भानुभक्तका कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरे पछि उहाँ नेपाली साहित्यिमा स्थापित हुनु भएको थियो ।