फूलबारी-बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा
नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।
काम गुणस्तरहीन भएको भन्दै विभागको ध्यानाकर्षण
दमक नगरपालिकाको बजार क्षेत्रभित्रका विभिन्न स्थानहरूमा अण्डरग्राउण्ड ढल निकास आयोजना तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही भएको भन्दै दमक नगरपालिकाले पुनः खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानाकर्षण गराएको छ ।
सहकारीले विवरण नबुझाए कारबाही गरिने
झापाको दमकलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका सहकारी संस्थाहरूले बारम्बार पत्राचार गर्दा पनि विवरण पठाउन अटेर गरेपछि दमक नगरपालिकाले जरिवाना र कारबाही गर्ने चेतावनी दिएको छ ।
केरा पकाउने मेशिनले काम नगर्दा लाखौँको क्षति
झापाको झापा गाउँपालिका–३ स्थित साधना संस्कृति नमुना कृषि प्रालिको केरा पकाउने मेशिन राइपनीङ चेम्बरले काम नगर्दा यहाँ उत्पादित लाखौँको केरामा क्षति पुगेको छ ।
डेंगुबाट शिक्षिकाको मृत्यु
झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
सिउँडी फल पाकेर राताम्मे बगैँचा
पाँचथरको हिलिहाङ–७ का किसानले लगाएको सिउँडी फल (ड्र्यागन फल) पाकेर त्यहाँका बगैँचा राताम्मे भएका छन् । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजाललगायतका किसानले तीन वर्षअघि परीक्षणका लागि लगाउनुभएको ड्र्यागन फलको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो ।
दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र घोषित
इलाम नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको छ । इलाम नगरपालिका–३, पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रलाई विश्वमै दुर्लभ रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
थारू समुदायले मनाए गुरही पर्व
थारू समुदायले धुमधामका साथ गुरही पर्व मनाएका छन् । कपडाको गुरही (गाइने किरा) चोक वा चौरमा सेलाएर गुरही पर्व मनाइने गरिन्छ । यस कार्यलाई थारू भाषामा ‘गुरही असरैना’ भनिन्छ । खास गरेर बालबालिकाको पर्वका रूपमा लिइने गुरहीमा किशोरकिशोरीसहित सबै उमेर समूहका मानिसले रमाउँदै पर्व मनाएका छन् ।
ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक
यही भदौ ३ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा आठ टोली सहभागी हुने निश्चित भएसँगै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु
स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
व्यापारमा लगानी बढे देश समृद्ध हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले व्यापारमा लगानी बढे देश समृद्धिमा जाने बताउनु भएको छ । श्री पब्लिक हाइस्कुलको ७८ औं विद्यालय स्थापना दिवस समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ
बुवा अर्थात् 'बाबा' संसार देखाउने व्यक्ति । यो शब्द आफैंमा अर्थपूर्ण शब्द हो । हामी सन्तानका लागि यो शब्द कति धेरै मूल्यवान र प्रिय छ । यो शब्दसँग संसार जित्ने आशा र भरोसा जोडिएको छ ।
मिटरब्याजीबाट जग्गा फिर्ता, गाउँ नै खुसी
विराटनगर–१८, लावाघाटकी ६५ वर्षीय लक्ष्मी साहको मुहारमा आठ वर्षपछि बल्ल खुसी फर्कियो । रुँदारुँदै उहाँको आँसु सुकिसकेको थियो । मुहारबाट खुसी उडेको थियो । पीडा र सङ्घर्षले वृद्ध हुँदै
विषालु सर्पले डस्दा युवकको मृत्यु
झापाको मेचीनगर नगरपालिका ८ मा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका–८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो ।
‘वन्यजन्तुलाई वनभित्रै आहारा व्यवस्थापन गर्न फलफूल जङ्गल’
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताउनुभएको छ ।
जमिन धितो राखेर ऋण लिनेको सङ्ख्या बढ्यो
मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो ।
भिडियो एक्सरे गर्न महिनौँ कुर्नुपर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीले भिडियो एक्सरे गर्न महिना दिनसम्म कुर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीले भिडियो एक्सरे गर्नु परे १५
पहिरो गएपछि वराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध
वराहक्षेत्र मन्दिर जाने सडकमा बुधबार बिहान पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । १७ नम्बर भिरबाट पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
भर्मी कम्पोष्ट मलको माग उच्च
को केरावारी –९ स्थित ओसिएस स्मार्ट एग्रो फार्मले मासिक पाँच हजार किलो भर्र्मी कम्पोष्ट मल उत्पादन गरिरहेको छ । बजारमा माग उच्च भए पनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालक समेत रहनु भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताउनुभयो ।
दुर्घटनामा घाइते महिलाको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भर्टमा बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
लिम्बू गाउँमा च्याब्रुङ चिन्ता
च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ । मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याबु्रङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले भन्नुभयो, “पहिल्लो पिँढीले यो सिप नसिकेका कारण लोप हुने अवस्थामा छ ।”
७२ जना किसान सम्मानित
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७२ जना किसान सम्मानित भएका छन् । नगरपालिकाले उहाँहरूलाई सम्मानपत्रले मङ्गलबार सम्मान गरेको हो ।
सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।
आधाभन्दा बढी हतियार नवीकरण भएनन्
झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियारहरू नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ ।