• ७ मंसिर २०८१, शुक्रबार

पत्रकारलाई अनुसन्धानसम्बन्धी तालिम

blog

पत्रकार अभिमुखीकरण कार्यक्रम । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, मंसिर १ गते । पत्रकारितामा क्रियाशील पत्रकारका लागि धनकुटामा अनुसन्धानात्मक लेखनसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला कार्य समिति धनकुटाको आयोजनामा अभिमुखीकरण तालिम दिइएको हो । 

कार्यक्रममा फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान याख्खा, भोजराज श्रेष्ठलगायतले सहजीकरण गर्नुभएको थियो । अनुसन्धान विधि, अनुसन्धान गर्ने तौरतरिका, वा सिद्धान्तबारे जानकारी, तथ्याङ्क सङ्कलनका स्रोत, अनुसन्धानको ढाँचा, सन्दर्भ ग्रन्थसूचि, सन्दर्भ ग्रन्थसूचिका उदाहरण, अनुसन्धान विषयमा प्रशिक्षण तथा संवाद गरिएको छ । 


त्यस्तै, कार्यक्रममा अनुसन्धानको उद्देश्य र प्रयोजन, अनुसन्धानका चरण, शीर्षक चयन कसरी गर्ने, शीर्षक कस्तो हुनुपर्छ, शीर्षक कसरी तयार गर्ने, नीति निर्माणमा मिडियाको भूमिका, अनुसन्धानमा आधारित सञ्चार सामग्री उत्पादनका चुनौतीहरू, एपिए शैली, खोज अनुसन्धान लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका क्रियाशील पत्रकारको सहभागिता रहेको छ ।