आधाभन्दा बढी हतियार नवीकरण भएनन्
झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियारहरू नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ ।
सडक डिभिजन दमकद्वारा गतआवमा ३३ किमी सडक कालोपत्र
सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उहाँले भन्नुभयो ।
एकगाग्री पानी लिन घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने बाध्यता हट्यो
इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।”
प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवार राहत वितरण
कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।
कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ ।
जनप्रतिनिधिलाई न्याय मेलमिलाप तालिम
झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा न्याय मेलमिलाप समितिमा सूचीकृत सदस्यहरूका लागि एक दिने कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी प्रदान गरिएको छ ।
धनकुटा अदालतमा ८३ प्रतिशत मुद्दा फर्छ्यौट
उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०-०८१ मा ३ सय ७९ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८० साउनदेखि २०८१ असारसम्ममा ४ सय ५२ थान मुद्दामध्ये ३ सय ७९ थान फर्छ्यौट गरेको जनाएको हो ।
बङ्गलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् ।
त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन
त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ ।
माटे र ठुलीबेँसीमा बाढीले क्षति
केही दिनअघि परेको अविरल वर्षाका कारण मानेभञ्ज्याङ गाउँपालिकाको ठुलीबेँसी र माटेबेँसीमा क्षति पुर्याएको छ । वर्षासँगै आएको खहरे बाढीले मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरको ठुलीबेँसी र माटेबेँसीमा क्षति पुर्याएको हो ।
राष्ट्रिय परिचयपत्र वृद्धवृद्धाका लागि झन्झटिलो
सरकारले राष्ट्रिय परिचयपत्र क्रमिक रूपमा अनिवार्य गर्ने लक्ष्य लिएपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेको भिड बढ्न थालेको छ । सरकारले २०८१
राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती
कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् ।
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो ।
कोशी पुलमा पैदल हिँड्न र चढ्न निषेध
देशकै सबैभन्दा ठुलो नदी सप्तकोशीको कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ ।
ताप्लेजुङको आँखोप केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
धरान खानेपानी बोर्डमा तालाबन्दी
धरानको खानेपानी महसुल शुल्क अत्यधिक वृद्धि गरेको विरुद्ध खानेपानी बोर्डमा धरानको १० दलले तालाबन्दी गरेको छ ।
बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।
पाँचथरमा अपराध बढ्याे
पाँचथरमा एक वर्षमा दुई सय ३७ वटा अपराधका घटना दर्ता भएका छन् ।
खोटाङको राजापानीमा बाघ आतङ्क
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।
अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
जिल्लाको माङ्सेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।
संरक्षणको पर्खाइमा कचन कवल (फोटो फिचर)
कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टि मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रुपमा घोषणा गरिएको छ । तर अहिले कचन कवलको संरक्षण हुन सकेको छैन ।
कटान रोक्न जैविकीय तटबन्ध लगाइँदै
सप्तकोशी नदीको कटान रोक्न जलाल क्षेत्रमा स्थानीयले जैविक तटबन्ध लगाउन थालेका छन् । सुनसरीको श्रीलङ्का टप्पुमा पर्ने जलाल, सिसौली घाट र चिलैया क्षेत्रमा नदीको कटान तीव्र भएपछि स्थानीयले जैविक तटबन्ध लगाउन थालेका हुन् । रुखका हाँगा, माटो भरेको बोरा र डोरीको प्रयोग गरेर जैविक तबन्ध लगाउन थालेको स्थानीय बद्री राईले बताउनुभयो । कोशीमा पानीको बहाव घटेपछि वराहक्षेत्र नगरपालिका वडा नम्बर–६ र ९ मा पर्ने टप्पुमा एक हप्ताअघिदेखि कटान हुँदै आएको छ ।
धान रोपाइँ अन्तिम चरणमा
कोशी प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन दोस्रो हप्ता बित्दा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार साउन १७ सम्म धान उत्पादन हुने कुल क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
पर्यावरण संरक्षण गर्न झापामा धमाधम वृक्षारोपण गरिँदै
झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।