झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा
झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।
मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पहिरो पीडितलाई अस्थायी बसोबासको व्यवस्था
जिल्लाको त्रियुगा नगरपालिका-१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिरोबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ ।
पत्रकार चौधरीलाई पहिचान पुरस्कार
सुनसरीका पत्रकार धिरेन्द्र चौधरी पुरस्कृत हुनुभएको छ । चौधरीलाई पहिचान पुरस्कारबाट पुरस्कृत गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ कोशी प्रदेश समितिले जनाएको हो ।
सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला
टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलता जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् ।
पिण्डेश्वर बाबाधाममा भक्तजनको घुइँचो
पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ ।
खोलामा डुबेर बालकको मृत्यु
झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा न.१ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।
खानेपानीको मूल्यवृद्धि फिर्ता
धरान खानेपानी बोर्डले केही समयअघि वृद्धि गरेको खानेपानी महसुलको मूल्य फिर्ता गरेको छ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ देखि लागु हुनेगरी साउन १ गतेदेखि खानेपानी महशुलमा वृद्धि गर्ने निर्णय गरेको थियो ।
पशुपतिनगर भन्सारको राजस्व सङ्कलन घट्दै
इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।
स्वास्थ्यकर्मीले नै बोकेर पु-याए सुत्केरीलाई घर
गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ ।
एकीकृत प्रणालीबाट चाँडो विकास सम्भव
चिचिला गाउँपालिका सङ्खुवासभाका १० स्थानीय तहमध्ये भूगोल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो स्थानीय तह हो । साबिकको दिदिङ र मत्स्यपोखरी गाउँ विकास समितिलाई समेटेर बने
पर्यटकका रोजाइमा इलाम
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् ।
आकासियो तरकारीको मूल्य
इलाम आफैं पनि तरकारी उत्पादन हुने जिल्ला हो । इलाममा उत्पादित तरकारी दैनिक रुपमा झापाका बजारमा निकासी हुने गरेको छ । झापाका चारआली, विर्तामोड, दमकमा इलामको तरकारी पुग्ने गरेको छ । तर यतिबेला इलाममै तरकारीको मूल्य आकासिएको छ ।
पूर्वी नेपालमा हात्ती पर्यटन विकासका लागि प्रयास
झापासहित पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास हुन थालेको छ ।
गोमन सर्पले डसेर वृद्धाको मृत्यु
झापामा पुनः विषालु सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । बिर्तामोड– ७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो ।
माछा पोखरीमा डुबेर एकको मृत्यु
खोटाङमा एक वृद्धको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सालेका गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका ८४ वर्षका वेदि प्रसाद ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ : पूर्वमन्त्री चौधरी
पूर्वमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले सञ्चारमाध्यमले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्ने बताउनुभएको छ ।
हेलिकप्टरबाट सुत्केरीको उद्धार
पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन
खानेपानी महसुल वृद्धिविरुद्ध धरानका जनप्रतिनिधि, राजनीतिक दल, र स्थानीयवासीले पुन: उपमहानगरपालिका घेराउ गरेका छन् ।
फोनिजकाे २५ औं स्थापना दिवस
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ इलामले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ
भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ
प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर
इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ ।
जेभाले डाँडोमा देवीदेवताको प्रतिमा
पाँचथर फिदिम नगरपालिका–१३ स्थित जेभाले डाँडोका ठुलठुला ढुङ्गामा विभिन्न धर्ममा आधारित आस्थाका देवीदेवतासहित राष्ट्रिय झन्डा र राष्ट्रिय विभूतिका प्रतिमा निर्माण गरिएपछि यस डाँडोले सबैलाई लोभ्याउन थालेको छ । स्थानीयवासीको अग्रसरतामा सुम्निमा पारुहाङ, महादेव, गौतम बुद्ध, नेपालको राष्ट्रिय झन्डा र किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा बनाइएका छन् ।