• ३ मंसिर २०८१, सोमबार

आगलागी पीडितलाई राहत वितरण

blog

आगलागी पीडितलाई राहत रकम प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी मिना अर्याल । तस्विरः ठाकुर सेनेहाङ

ठाकुर सेनेहाङ 

तेह्रथुम, मंसिर ३ गते । तेह्रथुमको आगलागी पीडितलाई तेह्रथुम सरोकार समाज काठमाडौले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुममा सोमबार एक कार्यक्रमको आयोजना गर्दै समाजले जिल्लाका बिभिन्न ५ वटा पालिकाका ५३ घरधुरी आगलागी पीडितहरुलाई राहत रकम वितरण गरेको हो । 

गत बर्षको सुख्खायाममा आगलागीमा परी घर जलेर क्षति भएको परिवारलाई सात हजार सातसय र आंशिक क्षति हुने घरधुरीलाई तीन हजारको दरले राहत रकम वितरण गरिएको तेह्रथुम सरोकार समाज काठमाडौका महासचिव केशवप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसारका पीडितलाई जम्मा तीन लाख रकम वितरण गरिएको छ । तेह्रथुम घर भइ बिभिन्न पेशा, व्यवसाय र रोजगारीको सिलसिलामा काठमाडौं बस्दैआएका व्यक्तिहरुले सामाजिक कार्यका लागि तेह्रथुम सरोकार समाज काठमाडौ गठन गरी सञ्चालन गरेको समाजका अध्यक्ष हरिपती क्षेष्ठले बताउनुभयो । 

सो राहत रकम पनि समाजका पदाधिकारीहरुले व्यक्तिगत हिसाबले संकलन गरेको अध्यक्ष क्षेष्ठले जानकारी दिनुभयो । यसैबिच सोही अवसरमा आगलागी न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ ।