• ७ मंसिर २०८१, शुक्रबार

व्यवसायी पौडेलको शव फेला

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङमा एक व्यवसायीको बेपत्ता भएको पाँच दिनपछि शव फेला परेको छ । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमे बजारमा औषधी (मेडिकल) व्यवसाय गर्दै आउनुभएका गौरीमान पौडेलको शव फेला परेको हो ।

प्रहरीका अनुसार व्यवसायी पौडेल गत कात्तिक २८ गतेदेखि बेपत्ता हुनुभएको थियो । पौडेलको खोजतलास गर्ने क्रममा सोही गाउँपालिका वडा १ सिनामको ओइराँगे दोभानमा शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । 

प्रनाउ रावलका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल गएको प्रहरी टोली फर्केपछि घटनाका विषयमा थप अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।