लाखौँ कमाइ हुने तरकारी खेतीमा रमाउँदै किसान
अब सिजन सक्किनै लाग्यो । बारीमा लहरिएको काँक्राको बोट पहेंलो हुनथाल्यो । करिब अन्तिम सिजनका काँक्रा टिपेर सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाउने तयारी गर्दै हुनुहुन्छ ।
नेपाली हाते कागज व्यवस्थापन
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कार्यालयमा लेखापढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।
चुलाचुली पालिकाका अधिकांश सडक कालोपत्र
चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।
पुराना आयोजना सम्पन्न निर्माणाधीनले गति दिँदै
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी सरकारका ६० उपलब्धि सार्वजनिक गरिएको छ ।
झापाबाट चरनक्षेत्र विस्तार गर्दै हात्ती
झापाको मेचीनगरको बाहुँण्डागी क्षेत्रमा दैनिक दर्जनौको संख्यामा देखिने गरेका हात्तीले आफ्नो खानपीन तथा आहाराको खोजीमा नयाँनयाँ ठाँउ रोज्न थालेको पाइएको छ।
मातृ तथा शिशु मृत्युदरमा कमी
ताप्लेजुङमा पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्यु दरमा कमी हुन थालेको छ। स्वास्थ्य शिक्षासम्बन्धी सर्वसाधारणमा चेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य संस्थाको पहुँच विस्तारको क्रमले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आउन थालेको पाइएको हो।
अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम
कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।
दुई वटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा
थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो ।
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।
सोलुको थामे गाउँमा प्राकृतिक विपत्ति, भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ । बाढीले कैयौँ घर, होटल र विद्यालयसमेत बगाएको छ । गाउँमा बाढीले १६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अरू सात वटा घर बाढीको उच्च जोखिममा परेका छन् । सात वटामध्ये पाँच वटा होटल बगाएको छ । ताल फुटेर बाढी गाउँ पसेको अनुमान गरिएको उहाँले बताउनुभयो । खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उहाँले दिनुभयो । पाण्डेले भन्नुभयो, “सोलु सदरमुकामबाट हिँडेर जाँदा चार÷पाँच दिन लाग्छ, मोटर बाटो छैन, यहाँ हेलिकोप्टर पनि जान सकेन, स्थानीयको ज्यान जोगाउन यहीँबाट प्रयास गरिरहेका छौँ ।”
खुम्बुमा हिमताल फुट्यो : सतर्कता अप्नाउन डेढ लाख एसएमएस
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढी आउनुको मुख्य कारण कुनै हिमताल बिस्फाेट भएको हुन सक्ने जनाएको छ । महाशाखाले दुधकोशी किनारका बासिन्दालाई सर्तकता अप्नाउन करिब डेढ लाख मोबाइलमा एसएमएस पठाइएको छ ।
बाढीले खुम्बु क्षेत्रको मोटरेबल पुलमा क्षति
दुधकोशीमा आएको बाढीले खुम्बु जोड्ने ओर्लाङघाटमा रहेको मोटरेबल पुलमा गम्भीर क्षति पुर्याएको छ । पुलमा क्षति भएपछि आवागमन ठप्प भएको छ ।
खुम्बु बाढीबारे प्रजिअ पाण्डेसँगको संवाद : सेना र प्रहरी उद्धारमा सक्रिय, एक बेपत्ता
बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ नै बगरमा परिणत भएको छ । यस सन्दर्भमा त्यस क्षेत्रको पछिल्लो अवस्थाबारे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) देवी पाण्डे (खत्री) सँग गोरखापत्र अनलाइनले गरेको टेलिफोन वार्ता :।
हात्तीमैत्री बन्यो बाहुनडाँगी
तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन ।
खुम्बु क्षेत्रमा ताल फुट्यो : दुधकोशीमा बाढीको जोखिम
सोलुखुम्बुको थामे गाउँमा आएको बाढीका कारण ओखलढुङ्गाको दुधकोशी किनारका बस्तीमा जोखिम देखिएको छ ।
पहिरो प्रभावित बालबालिकालाई सहयोग
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका पहिरो प्रभावित बालबालिकालाई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ ।
कोशी प्रदेशको ६० उपलब्धि
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको सन्दर्भमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी यस अवधिमा भएका प्रमुख ६० उपलब्धि सार्वजनिक गरेको हो ।
खुम्बु क्षेत्रका हिमताल फुटेको अनुमान : दुधकोशी तटीय क्षेत्रमा जोखिम
खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
सोलुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
पहिरोले दुई परिवार विस्थापित
अविरल वर्षाका कारण खोटाङमा पहिरोले दुई परिवार विस्थापित भएका छन् । घरभन्दा तलबाट पहिरो गएपछि केपिलासगढी गाउँपालिका–७ सुंदेलका शारदा राई र बिर्तमान राईको परिवार विस्थापित भएका हुन् ।
पहिरोले प्राङवुङ र मेमेङ सडक अवरुद्ध
निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने सडक अवरुद्ध भएको छ ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ
चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।
पहिरोमा पुरिएर शिक्षिकाको मृत्यु पछि शोक बिदा
पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
एकातिर योजना, अर्कातिर बजेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका आधारका रूपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री