तरकारी खेतीले रोक्यो बसाइँसराइ
धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् । फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन ।
इलामको पाथीभरामा एक करोड ६६ लाख सङ्कलन
इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख रुपियाँ भेटी संकलन भएको छ।
पहिरोले दश लाख क्षति
प्रहरीले दिएको जानकारी अनुसार राईको करिब १० लाख बराबरको क्षति भएको छ ।
पशुपतिनगरलाई वैध नाका बनाउन माग
नेपाल–भारत सिमामा रहेको इलामको पशुपतिनगरस्थित नाकालाई वैध नाकाको रुपमा मान्यता दिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।
पहिरोले पुरिएर शिक्षिकाको मृत्यु
विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।
पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध
वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।
वराहक्षेत्रमा सफाइ अभियान सुरु
सुनसरीको वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र सफाइ अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
निहुरोकै भरमा धानिन्छ परिवार
न खनजोत गर्नुपर्ने, न त मल, जल र बल नै चाहिने । रोप्नु पनि नपर्ने, गोडमेल पनि नचाहिने । जङ्गल पसेर टिप्ने, सडक छेउमा बसेर बेच्ने गरेर धेरैको परिबार धानिँदै आएको छ । निहुरोको व्यापारबाट मध्यमोरङको पूर्वपश्चिम राजमार्ग आसपासका सयौँ परिवारले घरखर्च मात्र चलाएका छैनन् । उपचार खर्च र छोराछोरी पढाउने खर्च पनि जोहो गर्दै आएका छन् ।
निरन्तर सरसफाइ अभियान
वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा नगर बनाउने योजनासहित सुरु गरिएको सरसफाइ अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । नगर क्षेत्रको सार्वजनिक स्थलमा नगरप्रमुख रमेश कार्कीको अगुवाइमा हुँदै आएको सरसफाइ अभियानले दुई वर्षदेखि निरन्तरता पाउँदै आएको छ । प्रत्येक शनिबार नगरका सार्वजानिक स्थलमा सरसफाइ गरिँदै आएको थियो । पछिल्लो समय आवश्यकता अनुसार शनिबारबाहेक अरू दिन पनि सरसफाइ गरिँदै आएको नगरपालिकाले जनाएको छ ।
कञ्चनजङ्घा पदमार्ग अवरुद्ध
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सा खोलामा रहेको झोलुङ्गे पुलमा पहिरोले क्षति पु¥याउँदा कञ्चनजङ्घा पदमार्ग अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सा खोलास्थित लामाटारमा रहेको झोलुङ्गे पुल माथिदेखि झरेको पहिरोले पूर्ण रूपमा क्षति गर्दा पदमार्ग अवरुद्ध भएको हो ।
सर्पले डसेर छ वर्षीय बालिकाको मृत्यु
मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।
भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित
जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण
कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् ।
ओखलढुङ्गामा ७९ करोड विकास बजेट 'फ्रिज'
ओखलढुङ्गाबाट ७९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि विनियोजन भएर आएको तर समयमा काम नभएका कारण खर्च हुन नसकेको ७९ करोड रकम सङ्घीय सरकारको खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो ।
माछा मार्न गएका युवकको मृत्यु
झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । झापा हल्दीवारी गाउँपालिका –४, लक्ष्मीचोक निवासी ३० बर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रममा मंगलबार बेलुकी ५ बजे उहाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साढे चवालिस हजारले गरे हलेसीको दर्शन
प्रसिद्ध धार्मिक स्थल हलेसीमा साउनमा साढे ४४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । साउन १ देखि २८ गतेसम्ममा ४४ हजार ६७६ जनाले हलेसीको दर्शन गरेका हुन् ।
अरुणमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह
रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
हावाहुरीले मकै बालीमा क्षति
निरन्तरको वर्षासँगै चलेको हावाहुरीले पाँचथरका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ ।
धरानमा हवाई फायर : एक क्विन्टल गाजा बरामद
सुनसरीको धरान १५ श्यामचोकबाट प्रहरीले एक सय केजी गाजा सहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिइएको छ ।
त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ ।
सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबिच सहमति भएको छ ।
सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान
सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् ।
मकैको मूल्यवृद्धिले किसानलाई राहत
सुनसरीमा गत वर्षभन्दा यस वर्ष मकैको उत्पादमा वृद्धि भएको छ । मकै उत्पादनसँगै मूल्यवृद्धि हुँदा किसानलाई राहत मिलेको छ । गत वर्षभन्दा यस वर्ष मकैको उत्पादन र मूल्यमा वृद्धि हुँदा किसानहरुलाई राहत मिलेको हो ।
पूर्वी नेपालमा हात्ती पर्यटन विकासका लागि प्रयास
झापासहित पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास हुन थालेको छ ।