• ७ मंसिर २०८१, शुक्रबार

करेन्ट लागेर बालिकाको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका –३ साँघुका साङ्गे शेपाकी ७ वर्षीया छोरी मन्सिरी शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार विद्युतको खम्बाबाट खसेको तारले लाग्दा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी शेर्पालाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार विद्यालयबाट घर फर्कनेक्रममा विद्युतको खम्बाबाट झरेको करेन्ट प्रवाह भइरहेको तारले बालिकालाई लागेको थियो ।