विद्यालय गएका छात्र खोलामा मृत फेला
फालेलुङ ५ का दीप राई खेदोक खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् ।
एक करोड १७ लाख अपचलन गरी मेनेजर फरार
एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो
माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।
तीन पार्टीबीच एकीकरण
राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबीच एकता भएको छ ।
पर्यटकीय स्थल बन्दै जोरपोखरी
पाँचथरको हिलिहाङ गाउँपालिका–६ मा अवस्थित जोरपोखरी धार्मिक र पर्यटकीय स्थलको प्रसिद्धि पाउन थालेको छ । सदरमुकाम फिदिमदेखि २७ किलोमिटर पूर्वोत्तरमा अवस्थित यो पोखरी र आसपासमा
धार्मिक पर्यटनको विकास गर्नु पर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/८२
वाम्बुलेले मनाए बाँसुरी दिवस
किराँत राई वाम्बु समुदायले बाँसुरी दिवस मनाएका छन् । वाम्बु राई समुदायले साउन १५ मा बाँसुरी दिवसका रूपमा मनाउने गर्छन् । वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६, हिलेपानी र काठमाडौँको ललितपुरमा वाम्बुले राईले दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरी बाँसुरी दिवस मनाएका छन् ।
हावाहुरी र वर्षाले कृषि बालीमा क्षति
मङ्गलबार राति आएको हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा कृषि बालीमा क्षति गरेको छ।
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।
पाठेघर खस्ने रोगको निःशुल्क उपचार
खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका १० जना महिलालाई उपचारको लागि अस्पताल लगेको छ ।
खाली जग्गामा लोपोन्मुख बिरुवा रोपण
मोरङको कानेपाखरी –७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार जङ्गलबाट लोपोन्मुख हुँदैगएका बिरुवा रोपेको छ । सामूदायिक वनको भवन उत्तरको खाली जग्गामा सामूदायिक वनले वृक्ष रोपण गरेको हो ।
खोटाङमा दलित बालबालिकाको उद्धार
जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।
वराहक्षेत्रले पुरातात्त्विक स्वरूप गुमाउँदै
प्रख्यात रहेको वराहक्षेत्र मन्दिरको पुरातात्त्विक स्वरूप हराउँदै गएको छ । पछिल्लो समय मन्दिर परिसर क्षेत्रमा रहेका पुरातात्त्विक संरचनालाई कङ्व्रिmटले नयाँ स्वरूपमा पुनर्निर्माण गर्दा पुराना शैलीका पाटीपौवाको स्वरूप हराउँदै गएको हो ।
छुरा प्रहारबाट युवाको हत्या
मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ । मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो ।
करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व
करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि
आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।
कैदी मृत्यु प्रकरणः ५८ जना कैदीबन्दीसँग बयान लिइयो
सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र ९बयान० लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०र ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।
चिया पर्यटन प्रवर्धनका लागि आकर्षक ‘स्काई डोम’
पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ । जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो ।
एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनुभएको छ ।
जडीबुटी र गैरकाष्ठको निकासी दोब्बरले वृद्धि
ताप्लेजुङमा आर्थिक वर्ष २०८०–८१ मा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढीले निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढी निकासी भएको हो ।
सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द
इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो ।
बबियाबाट एक सय १५ किलो गाँजा बरामद
सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद भएको छ ।