सत्र लाख क्युविक फिट गोलिया निकासी
ताप्लेजुङमा एक वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०८०/८१ मा झण्डै सत्र लाख क्युविक फिट काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार निजी वनबाट उक्त परिमाण बराबरको गोलिया काठ निकासी भएको हो।
सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिँदै
इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमित तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ । नगरका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो ।
सुनसरी जिल्ला अस्पतालमा बिहान ७ बजेबाटै ओपिडी सेवा
सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको छ । जिल्ला अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिनुभयो ।
खेलाडीको उपचारका लागि राहत रकम सङ्कलन
अस्पतालमा उपचाररत खोटाङका खेलाडीको लागि करिब ७ लाख आर्थिक सहयोग सङ्कलन भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्माकी फुटबल खेलाडी रबिका राईको उपचारका लागि ६ लाख ९६ हजार सङ्कलन गरिएको हो ।
सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी
भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।
करेन्ट लागेर एकको मृत्यु
झापाको कचनकवल गाउँपालिका –४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति पौने ९ बजे वडा ४ बस्ने १५ बर्षीय विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो ।
कोठामा डाक्टर मृत फेला
मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिनुभएको छ ।
एक रुपियाँ बचतले १९ लाख जम्मा
इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।
सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग
सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ हजार ४५९.६०० मेट्रिक टन रासायनिक मलको प्रयोग हुँदै आएको छ ।
नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै
कोभिड–१९ को सङ्क्रमणपछि थलिएको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको सङ्केत देखिएको छ । निर्यात वस्तुमध्ये राम्रो सम्भावना रहेको नेपाली अर्गानिक चियाको माग पनि यो वर्ष उच्च रहेको चिया व्यवसायीले बताएका छन् ।
खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना
समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।
दुर्लभ रेड पान्डादेखि सालकसम्मको उद्धार
ताप्लेजुङमा दुर्लभ रेड पान्डा (हाब्रे) देखि सालकसम्म विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न समयमा विभिन्न १४ वटा वन्यजन्तुको उद्धार गरिएको हो ।
एसइई पूरक ग्रेडवृद्धिका परीक्षा केन्द्र तोकियो
ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न छ विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।
ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन
कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ ।
'ग्रीन एण्ड क्लीन' धरान अभियान सुरु
नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन अभियान लिएर धरानमा घरदैलो कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम कांग्रेसले ४२ औँ बिपी स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको हो ।
जग्गा दृष्टि बन्धक पारित गर्दा शुल्क नलिन सर्वोच्चकाे आदेश
जग्गा दृष्टि बन्धक पारित गर्दा शुल्क नलिन सर्वोच्चले आदेश दिएको छ । सोमबार सम्माननीय प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहितको इजलासले कोशी प्रदेशको आर्थिक ऐनमा रहेका सहकारी संस्थाहरूले ऋण लगानी गरी जमानत बापत राखेको जग्गा दृष्टि बन्धक पारित गर्दा शुल्क लाग्ने व्यवस्था सहकारी ऐन, २०७४ को दफा ७८ (१) (ग) विपरीत रहेको भन्दै उक्त आदेश गरेको छ ।
कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी
कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण
डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो ।
एक वर्षमा साढे तेह्र हजारभन्दा बढी राहदानी वितरण
जिल्ला प्रशासन कार्यालय सुनसरीले आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा १३ हजार ७७१ राहदानी वितरण गरेको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने उद्देश्यका साथ एक वर्षको अवधिमा
समाधान खोज्न छलफल
कोशीटप्पु वन्यजन्तु आरक्षका लागि जग्गा अधिग्रहण भई त्यहाँबाट सट्टाभर्र्ना पाएर पनि जग्गा भोगचलन गर्न नपाएका जग्गाधनीलाई बसोबासको व्यवस्थापन गर्न गठित उच्चस्तरीय समितिले मङ्गलबार मोरङको पथरी शनिश्चरेमा सरोकारवालासँग छलफल गरेको छ ।
पाथीभराको भेटी रकम आठ करोड बढी मौज्दात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको आठ करोड रुपियाँ बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो।
कोशीमा हाम फालेकी महिलाको उद्धार
सुनसरीको कोशी ब्यारेजमा हाम फालेर आत्महत्या प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । महोत्तरी जिल्ला घर बताउने ६५ वर्षीय महिला मन्दीदेवी यादवले कोशी ब्यारेजको ११ नम्बर ढोकाबाट हाम फालेकी थिइन् ।
मताने बेँसीमा बेठीको रमझम (फोटो फिचर)
नौमती बाजा, पाँच हल गोरु, २९ रोपाहार अनि १८ बाउसे छन् । फिदिम –५ को मताने बेसी मङगलबार घञ्चमञ्च देखियो । नौमती टोलीका सदस्यहरु खेतका गह्रामा पसेर बाजा बजाइरहेका छन् । रमितेहरु डिल र आलीबाट हेरिरहेका छन् ।
ताप्लेजुङमा सालकको उद्धार
ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।