स्थानीयवासी ठूलोदुम्माको कन्यादह विस्कुट्ने क्षेत्रको संरक्षणमा जुट्दै
भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडाको संरक्षणमा स्थानीय जुटेका छन् । ऐतिहासिक क्षेत्र रहेकोले यहाँको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यले स्थानीयबासी स्वतःस्फूर्त संरक्षणमा जुटेका हुन् ।
घट्दै ओल खेती
सुनसरीमा पछिल्लो समय ओल खेती घट्दै गएको छ । कुनै समय व्यापक रूपमा लगाइँदै आएको ओल खेती पछिल्लो समय भने घट्दै गएको हो ।
पर्यटकीय स्थल दोमुखा काठ तस्करीको केन्द्रबिन्दु
झापाको शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका बिच भएर बग्ने कनकाई नदिको बहावमा बाँस तथा ट्युबको जाली बनाएर साखु जातको काठ चोरी तस्करी नरोकिँदा देशकै पर्यटकीय क्षेत्र दोमुखा काँठ चोरी तस्करीको केन्द्र बन्दै गएको छ ।
विष खुवाएर दुई महिने शिशुको हत्या, आमा पक्राउ
ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
एम्बुलेन्स तोडफोड गरेको आरोपमा पक्राउ
ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुपारीबाट दोहोरो आम्दानी
मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गर्नुभयो । उहाँले सवा सय बोट सुपारी लगाउनुभएको छ । स्थानीय लिफ्ट
सामुदायिक विद्यालयमा विज्ञसहितको अनुगमन समिति
सामुदायिक विद्यालयहरुको अवस्था अनुगमन गर्न विराटनगर महानगरपालिकाले विज्ञसहितको अनुगमन समिति गठन गरेको छ ।
माबोको डोलीभर्ना सार्वजनिक
साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक भएको छ। डा. माबोको कथा सङ्ग्रह डोलीभर्नाको काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो।
झापाको पुँजीगत खर्च ८७ प्रतिशत
गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपियाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।
धनकुटामा बस र ट्रयाङ्कर एकआपसमा ठोक्किँदा १२ घाइते
धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र दुध बोक्ने ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् । सुनसरीको धरानबाट सङ्खुवासभाको आँखिभुइ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दुध बोकेर धरानतर्फ जाँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्याङकर एकआपसमा ठोक्किँदा बसमा सवार १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पहिरोले तापेथोक बजार जोखिममा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो ।
पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति
जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।
दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए ।
खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन
यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।
ज्यान जोखिममा राखेर काठदाउरा सङ्कलन
सप्तकोशी नदीमा सुनसरी र सप्तरीका कोशी आसपास क्षेत्रमा बाढी र पानीमा बगेर आउने काठदाउरा सङ्कलनमा स्थानीयको भिड लागेको छ । कोशी नदी किनारमा भाला, डोरी, डुङ्गाको सहायताले काठदाउरा सङ्कलनमा लागेकाको भिड बढेको हो ।
तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी
ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी गरिएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा आउँदा साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ को तयारी गरिएको हो।
प्राकृतिक जीवाणु मलको माग बढ्यो
बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
ताप्लेजुङमा १८ करोड ८७ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा आर्थिक वर्ष २०८०-८१ मा झण्डै उन्नाइस करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।
व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम
यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ ।
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
ट्याक्टर दुर्घटनामा तामाङको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–२ ढुङ्गे साँघुका स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको दुर्घटनामा परी मृत्यु भएको हो ।
कौशिकी आरती सुरु
चतराधाममा कौशिकी आरती सुरु गरिएको छ । साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा कौशिकी आरती सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वराहक्षेत्र नगरपालिकाले जगत्गुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महìव बढाउन सन्ध्याकालीन कौशिकी आरती सुरु गर्ने पालिकाले नीति तथा कार्यव्रmममै समावेश गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।
वारङ्गीमा कफीको व्यावसायिक खेती
मोरङको लेटाङ–७, वारङ्गीमा कफीको व्यावसायिक खेती गरिएको छ । वारङ्गीका ३४ वर्षीय राजविव्रmम राईले चार वर्षअघि व्यावसायिक रूपमा कफी खेती सुरु गर्नुभएको हो । सुरुमा अदुवा, कुचो र तेजपात (सिन्कौली) खेती गर्ने किसान अहिले कफी खेतीमा लागेका हुन् ।