• २७ पुस २०८१, शनिबार

सुदूरपश्चिमलाई यु–१९ क्रिकेट उपाधि

blog

उपाधिसहित सुदूरपश्चिम टोली ।

काठमाडौँ, कात्तिक २१ गते । नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । एक सय २८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १९ रनमा समेटिएको थियो । 

ब्याटिङमा सुदूरपश्चिमका लागि अभिषेक थापाले सर्वाधिक २९ रन बनाउनुभयो । नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाउनुभयो । 

बलिङमा लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिनुभयो । रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट झार्नुभयो । यस्तै लुम्बिनीका लागि ब्याटिङमा कप्तान आकाश त्रिपाथीले सर्वाधिक २२ रन बनाउनुभयो । 

शिव कुँवरले २०, विजयी कोहरले १९, समीर अलि मुसलमानले १८ र सन्तोष यादवले १२ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिनुभयो । सचिन भट्ट र नरेन साउदले दुई दुई तथा अशोक धामीले एक विकेट लिनुभयो ।

सुदूरपश्चिमका हेमन्त धामी फाइनल खेलको प्लेयर अफ दि म्याच हुनुभयो । लुम्बिनीका सन्तोष यादवले प्लेयर अफ दिन सिरिज उपाधि जित्नुभयो ।