• ७ मंसिर २०८१, शुक्रबार

सभामुख घिमिरे गृह जिल्ला झापामा

blog

सभामुख घिमिरे चन्द्रगढी विमानस्थलमा ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे गृह जिल्ला झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार यहाँ पुग्नुभएको छ । 

आफू निर्वाचित भएका निर्वाचन क्षेत्रका मतदाताहरुसँग छलफल र अन्तरक्रियासहित विभिन्न विकास योजनाहरुको अवलोकनका लागि ३ दिने कार्यक्रममा सहभागी हुन घिमिरे झापा आउनुभएको हो।

सभामुख घिमिरेको सचिवालयका अनुसार आइतवार दिउँसो चन्द्रगढी विमानस्थलबाट उहाँ झापा आएर भेटघाट सुरु गर्नुभएको छ । सोमबार र मङ्गलवार दुई दिन यस क्षेत्रका विकास योजनाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको छ ।

सभामुख घिमिरेले झापामा निर्माणाधीन सुपारी अनुसन्धान केन्द्रको अवलोकन गर्ने, हात्ती नियन्त्रणका लागि लगाइएको तारबारको निरीक्षणलगायतका कार्यक्रम तय भएको पनि अधिकारीले बताउनुभयो ।