• ८ पुस २०८१, सोमबार

अर्गानिक आगेजुङमा गुञ्जिए आदीवासी संस्कृति (फोटो फिचर)

blog

पाँचथरको फालेलुङ गाउँपालिका १ मा आदिवासी संस्कृति झल्किने झाँकी र नृत्यहरु प्रस्तुत गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, कात्तिक २८ गते ।
पाँचथरको फालेलुङ गाउँपालिका १ मा पर्ने आगेजुङ गुम्बामासाता सेर्पा र लामासहित आदीवासी जनजाती समुदायको संस्कृतिमा आधारित लोक नृत्यहरु प्रस्तुत गरेका छन् ।

कात्तिक शुक्ल पूर्णिमा अर्थात् हरि बोधनी एकादशीको अवसर पारेर आयोजित मौन व्रत समापन कार्यक्रममा मङ्गलबार यहाँ आदिवासी संस्कृति झल्किने झाँकी र नृत्यहरु प्रस्तुत गरिएको हो ।


कार्यक्रममा शेर्पा, लामा, तामाङ, लिम्बू र राईसँगै विभिन्न जातीय संस्कृतिमा आधारित नाच प्रस्तुत गरिएको आगेजुङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामा तेन्जिन शेर्पाले बताउनुभयो ।

यो गुम्बा २०१५ सालमा स्थापना भएको हो । जहाँ २०५९ सालसम्म बौद्व शिक्षामा त्रिपिटक शिक्षा दिइन्थ्यो । द्वन्द्वका कारण बन्द भएको पठन पाठन अझै सुरु भएको छैन । गुम्बा क्षेत्रलाई धार्मिक सांस्कृतिक स्थलका रुपमा विकास गर्न यहाँ वार्षिक रुपमा मौन व्रतसँग नेपाल भारतका बौद्धमार्गीको उपस्थितिमा भेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ । यो गुम्बा समुद्री सतहबाट आठ हजार पाँच सय मिटर उचाइमा छ । यहाँबाट कञ्चनजंघा र कुम्भकर्ण हिमाल प्रष्ट देखिन्छन् ।