नेपाल साफ फुटबलको कठिन समूहमा
नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।
थ्रीस्टार र आर्मी बराबरीमा रोकियो
उपाधि दाबेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
लिभरपुलको सानदार जित
लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसैको मैदानमा ३-० गोलले हरायो ।
वीरगंज भिमनारायण गोल्डकपको फाइनलमा
वीरगंजं युनाइटेड धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ । धनकुटास्थित तल्लो टुंडिखेलमा सोमबार भएका खेलमा वीरगंज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोलले हरायो ।
मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरीमा रोकियो
साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।
बार्सिलोना चार खेल अगावै च्याम्पियन
स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोना लिगमा चार खेल अघि नै च्याम्पियन बनेको हो ।
मनाङसँग बराबरीमा रोकियो जावलाखेल
उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबले शहिद स्मारम ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा जावलाखेल र मनाङले २-२ गोलको बराबरी खेल्दै अङक बाँडेको हो ।
मार्कोको जितमा रियल विजयी
स्पेनिस ला लिगा फुटबलको उपाधि दावेदार रियल म्याड्रिडले गेटाफेमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोलले हरायो ।
पीएसजीको सानदार जित
फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसी एजासियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एजासियोलाई ५-० गोलले हरायो ।
वीरगंज युनाइटेड सेमिफाइनलमा
वीरगंज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको छ ।
चर्च ब्वाइजलाई आर्मीको धक्का
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दौडमा रहेको चर्च ब्वाइजलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबको धक्का लागेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोलले हरायो ।
संकटालाई हराउँदै रेलिगेसनबाट जोगियो पुलिस क्लब
दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस क्लब १९ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ ।
रारा गोल्डकपको उपाधि सलहेश पोल्टामा
धनकुटाको राजारानीमा भएको १० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबले जितेको छ ।
फ्रेन्ड्समाथि जावलाखेलको फराकिलो जित
जावलाखेल यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि फराकिलो जित हात पारेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोलले हरायो ।
पेमा युवा क्लबको विजयी सुरुवात
पूर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औ संस्करण बुधबार देखि सुरु भएको छ ।
विभागीय डर्वीमा एपीएफको बाजी
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको विभागीय डर्वीमा एपीएफले बाजी मारेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३-० गोलले हरायो ।
च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी
स्पेनिस क्लब रियल म्याड्रिड र इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी खेलेका छन् ।
एनआरटीसँग बराबरीमा रोकियो थ्रीस्टार
उपाधि दावेदार थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) क्लबसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
सलहेश सेमिफाइनलमा
सलहेश फुटबल क्लब धनकुटाको राजारानीमा जारी १०औँ गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनाङ र पुलिस बराबरीमा रोकियो
उपाधि दावेदार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टैली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेलेका हुन् ।
मेस्सी निलम्बित खेलमा पीएसजी विजयी
लियोनल मेस्सीविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ३–१ गोलले हरायो ।
साफ फुटबलमा कुवेत र लेबनान आमन्त्रित टोली
भारतमा आगामी असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेत र लेबनानलाई आमन्त्रित टोलीको रुपमा सहभागि गराइने भएको छ ।
मदन–आश्रित स्मृति फुटबल जेठमा
युवा सङ्घ नेपाल पिपुल्स भोलेन्टियर्सको आयोजनामा जेठ ३ देखि ८ गतेसम्म प्रथम मदन–आश्रित स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
एपीएफमाथि मच्छिन्द्रको जित
साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबमाथि जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २-१ गोलले हरायो ।