• १३ असोज २०८१, आइतबार

पेमा युवा क्लबको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, वैशाख २७ गते । पूर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औ संस्करण बुधबार देखि सुरु भएको छ । 

धनकुटा स्थीत तल्लो टुडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पेमा युवा क्लव विराटनगर आयोजक धनकुटालाई ट्राइबेकरमा ४–२ गोलले हरायो । निर्धारित समयमको खेल बराबरीमा सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो । 

निर्धारित समयमा ३१औं मिनेटमा आकास राइले गाल गर्दै आयोजकलाइ अग्रता दिलाउनुभयो । ३६औं मिनेटमा विपक्षी खेलाडी ओस्कारले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७७औं मिनेटमा ओस्कारले पुन: अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । 

तर ८२ औं मिनेटमा आयोज धनकुटाका दिपेन शाक्यले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि टाइब्रेकरमा पेमा युवाले बाजी मारेको हो । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपियाँ पुरस्कार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिनुभयो ।

२०३० सालमा तत्कालिन राजा विरेन्द्रलाई बम हानेका अभियोगमा पक्राउ परेका सहिद भिमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले उहाँलाइ २०७३ सालमा सहिद घोषणा गरेको थियो । स्वर्गीय भिमनारायणको नाममा प्रतियोगिता आयोजना भएको हो ।