शुक्रबारदेखि पोखरा रङ्गशालामा भलिबलको महाकुम्भ
पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो ।
वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई
तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो ।
च्याम्पियन्स लिग : रियलको सानदार जित
रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा मोनाकोमाथि सानदार जित निकालेको छ ।
एन्फा निर्वाचन प्रक्रिया स्थगित
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को प्रतियोगितामा १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक हात पार्दै रेसुङ्गा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
राष्ट्रिय लिग : पुलिस र चित्लाङको बराबरी
नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
साफ यु–१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।
राष्ट्रिय लिग : एनआरटी र लालिगुँरास विजयी
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ गोलले हरायो ।
सेनेगल अफ्रिका कप अफ नेसन्स च्याम्पियन
रबातमा आइतबार राति भएको खेलमा मोरोक्कोलाई १–० गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
राष्ट्रिय लिग : एपिएफ र संकटा विजयी
एपिएफ क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो ।
एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पुस २८ गतेका लागि तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश दिएको छ ।
प्रथम माघेमेला गोल्ड कप : सेमिफाइनलका खेल हुने
ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आइतबार सेमिफाइनलको खेल हुने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आज सेमिफाइनलको खेल हुने भएको हो ।
प्रथम लिङ्तेप गोल्डकप हुने
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ ।
राष्ट्रिय लिग : आर्मीसँग मनाङको लज्जासपद हार
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा आर्मीले मनाङलाई ५–० गोलले हरायो ।
आदर्श कपको २६ औँ संस्करण माघ ९ देखि
२६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आगमी माघ ९ गतेदेखि पोखरामा सुरु हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा पोखरा –२९ भण्डारढिक खेल मैदानमा माघ १६ गतेसम्म खेल सञ्चालन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइएको हो ।
प्रथम माघेमेला गोल्ड कप : लालिगुराँस र झापा भिड्दै
ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ ।
२६ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप माघ २२ देखि
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ । धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुने जानकारी दिएको छ ।
रेसुङ्गामा सातौं राष्ट्रपति रनिङ शिल्ड हुँदै
गुल्मीको रेसुङ्गा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि माघ तीन गतेदेखि पाँच गतेसम्म विभिन्न स्थानमा आयोजना गर्न लागिएको शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।
जीवनोद्वारलाई राष्ट्रपति रनिङ शिल्ड
गुल्मीको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवनोद्वार माध्यमिक विद्यालय प्रथम भएको छ ।
छैटौँ राष्ट्रपति शिल्डको उपाधि त्रि–शहिदको पोल्टामा
आँधीखोला गाउँपालिकाले आयोजना गरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड– २०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माविले जितेको छ ।
प्रथम माघेमेला गोल्ड कप : आज आयोजक र ढुङ्गेसाँघु भिड्दै
ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ ।
मानाभरा गोल्डकपबाट आयोजकलाई फाइदा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२, खेजेनिममा आयोजना गरिएको प्रथम आमन्त्रित मानाभरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ बाट आयोजकलाई फाइदा भएको छ।
बाँकेमा मिनी रङ्गशाला अधूरै
लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित डि गाउँमा रहेको मिनी रङ्गशाला अझै अधूरै छ ।