सिरिजङ्गा गोल्डकप : उपाधिका लागि झापा र धरान भिड्दै
ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ ।
एपिएफको जितमा रश्मिको गोल निर्णायक
स्ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि नेपाल एपिएफ क्लबले आइतबार दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको छ ।
रश्मीको गोलमा कराँचीमाथि एपिएफको कठिन जित
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा एपिएफले कराँची सिटीलाई १–० गोलले हरायो ।
तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी रोशनीलाई
पुतलीबजार नगरपालिकाको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको हो ।
प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने
गण्डकी प्रदेशस्तरीय सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई
म्याग्दीको बेनीमा शुक्रबार साँझ सम्पन्न भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ ।
अन्तर्राष्ट्रिय खेलकोतयारीमा पोखरा रङ्गशाला
पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोलीले रङ्गशालाको निरीक्षणपछि पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सङ्केत जनाएको छ ।
इस्ट बङ्गाल शीर्षमा एपिएफ रोकियो
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले गोलरहित बराबरीमा रोकेको छ ।
एपिएफ भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग बराबरीमा रोकियो
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा एपिएफ ट्रान्सपोर्टसँग गोलरहित बराबरीमा रोकिएको हो ।
वसन्त गौचन फुटबल एकेडेमीले फुटबल क्याम्प गर्ने
बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि तीन दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ ।
च्याम्पियन्स लिग : आर्सनल र सिटी विजयी
बुधबा राति भएको खेलमा आर्सनलले बेल्जियमको क्लब ब्रुगलाई ३–० गोलले हरायो । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पेनिस टोली रियल म्याड्रिडलाई २–१ गोलले हरायो ।
च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी
बार्सिलोना र लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा जित निकालेका छन् । घरेलु मौनमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले फ्याङ्कफर्टलाई २–१ गोलले हरायो । यस्तै लिभरपुलले इन्टर मिलानलाई १–० गोलले पराजित गर्यो ।
खुल्ला पालिका स्तरीय क्रिकेटको उपाधी देवदह रुपन्देहीलाई
परिवर्तन युवा क्लव इस्मा गाउँपालिका–१ को आयोजनामा सञ्चालन भएको खुल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह रुपन्देहीले जितेको छ ।
मानेभन्ज्याङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवती माविलाई
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भगवती माध्यमिक विद्यालयले हात पारेको छ ।
सातौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता : २६ पदकसहित भाग्योदय पहिलो
भीरकोट नगरपालिकाले आयोजना गरेको सातौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ ।
सिरिजङ्गा गोल्ड कप आजबाट सुरु हुँदै
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो ।
आठौँ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी आत्मबोध माविलाई
गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालन भएको आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उपाधी आत्मबोध मावि छत्रकोट गाउँपालिका–५ खज्र्याङले जितेको छ । १३ स्वर्ण, चार रजत र छ कास्य गरेर २३ पदकसहित आत्मबोध प्रथम भएको हो ।
साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बङ्गालको सानदार जित
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा इस्ट बङ्गालले ट्रान्सपोर्ट युनाइटेडलाई ४–० गोलले हरायो ।
रियललाई सेल्टा भिगोको झट्का
घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल पाहुना टोली सेल्टा भिगोसँग २–० गोलले स्तब्ध बन्यो ।
प्रथम हरिपुर गोल्डकप सुरु
प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीले विजयी सुरुवात गरेको छ ।
मेस्सी प्रेरित इन्टर मियामीले जित्यो एमएलएस कप
चेज स्टेडियमममा आइतबार बिहान भएको फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ गोलले हरायो ।
आरसिटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न
उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसिटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।