शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २८ गते । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि सानदार निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले सिटीलाई ३–० गोलले स्तब्ध बनायो । पहिलो लेगमै फराकिलो हार खेपेपछि सिटीलाई दोस्रो लेग पनि कठिन बन्ने देखिएको छ ।
एकपक्षीय खेलमा रियललाई जिताउन भाल्भेर्देले ह्याट्रिक गर्नुभयो । पहिलो हाफमै तीन गोल गर्नुभएका भाल्भेर्देले २०औँ, २७औँ र ४२औँ मिनेटमा गोल गर्नुभएको थियो । दोस्रो हाफमा गोल फर्काउने अवसर पाएपनि सिटी असफल बन्यो ।
अन्य खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चेल्सीलाई ५–२ र ग्लिम्टले स्र्पोटिङ सिपीलाई ३–० गोले हरायो । लिभरकुशन र आर्सनलले १–१ गोलको बराबरी खेले । एजेन्सी