• ८ मंसिर २०८१, शनिबार

च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै रियल र सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख २७ गते । स्पेनिस क्लब रियल म्याड्रिड र इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी खेलेका छन् । रियलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल र सिटी १-१ गोलको बराबरीमा रोकिएका हुन् । 

प्रतिस्पर्धात्मक खेलमा रियलका लागि भिनिसियस जुनियरले गोल गर्नुभयो । सिटीका केभिन डे ब्रुयनले बराबरी गोल फर्काउनुभयो । खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो ।

भिनिसियसले ३६औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । दोस्रो हाफमा खेलमा फर्किएको सिटीले ६७औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । ब्रुयनले कप्तान इल्केई गुन्डोगनको पासमा गोल गर्नुभएको हो ।

दोस्रो लेग अर्को बुधबार सिटीको मैदानमा हुनेछ । अर्को सेमिफाइनल खेलको पहिलो लेगमा आज (बुधबार) राति इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । एजेन्सी