• १३ साउन २०८१, आइतबार

संकटालाई हराउँदै रेलिगेसनबाट जोगियो पुलिस क्लब

blog

गोल गरेपछि खुशी मनाउँदै नेपाल पुलिस क्लबका खेलाडी । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २९ गते । सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । 

दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस क्लब १९ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । संकटा क्लब २० अंकका साथ दशौं स्थानमै कायम रहेको छ ।

पुलिसको जितका लागि मोजेस ग्याबा र मोहमद आशिकले गोल गर्नु भएको थियो । संकटा लागि  निशान खड्काले फ्रिकिकमार्फत गोल गर्नुभएको थियो ।

आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब बराबरी खेल्दै अंक बाँडेका छन्।  शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो ।

खेलमा मनाङका लागि निराजन धामीले १३ औं मिनेटमा गोल गर्नुभएको थियो ।  शेर्पाका लागि अबायोमी फकुन्लेले ३५ औं मिनेटमा गोल गर्दै बाराबरी गर्नुभएको थियो । बराबरीसँगै आठौं स्थानको मनाङको २१ अंक भएको छ । नवौं स्थानमा रहेको शेर्पाको  पनि २१ अंक नै छ ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।