काठमाडौं, वैशाख २५ गते । युवा सङ्घ नेपाल पिपुल्स भोलेन्टियर्सको आयोजनामा जेठ ३ देखि ८ गतेसम्म प्रथम मदन–आश्रित स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
लैनचौर फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरबाट ५० देखि ६० टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा पिपुल्स भोलेन्टियर्सका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको खेलहरू नकआउटका आधारमा हुनेछ । कूल २३ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुहुनेछ ।