काठमार्डौं, वैशाख ३१ गते । फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसी एजासियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एजासियोलाई ५-० गोलले हरायो ।
१० खेलाडीमा समेटिएको पीएसजीले १० खेलाडीमै समेटिएको एजासियोमाथि एकपक्षीय जित निकाल्न केलयन एमबाप्पेले दुई गोल गर्नुभयो । फावियन रुइज र अचरफ हाकिनीले एक एक गोल गर्नुभया । अर्को गोल पीएसजीले एजासियाबाट आत्मघाती उपहार पाएको थियो ।
पीएसजीले २२औं मिनेटमा रुइजको गोलमा अग्रता लिएको थियो । त्यसपछि ३३औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ४७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता थप बलियो बनाउनुभयो ।
५४औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै पीएसजीको पीएसजीलाई जिततफए उन्मुख गराउनुभयो । ७३औं मिनेटमा एजासियोका मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पीएसजी सजिलै विजयी भयो । त्यसपछि ७७औं मिनेटमा हाकिमी सोझै रातो कार्ड पाउँदै बाहिरिएपटि पिएसजी १० खेलाडीमा समेटिएको थियो ।
८०औं मिनेटमा एजारियोका थोमस मनगानीले पनि सोझै रातो कार्ड पाएपछि १० खेलाडीमा खेल सकेको थियो । जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । पीएसजीको ३५ खेलबाट ८१ अङ्क छ । दोस्रो स्थानमा रहेको लेन्सको ७५ अङ्क छ । पराजित एजासियो ३३ अङ्कसहित १८औं स्थानमा छ । शनिबार राति नै भएको खेलमा लेन्सले रेम्सलाई २–१ गोलले हराएको थियो । एजेन्सी