एस्टन भिल्ला विजयी
इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाइटेडमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो ।
रियल म्याड्रिड सुपर कपको फाइनलमा
स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।
विश्वकप पछि मेस्सीको गोल
कतार विश्वकप पछि लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि गोल गर्नुभएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले हरायो ।
एपीएफ क्वार्टरफाइनलमा
विभागीय टोलीको एपीएफ क्लब मकवानपुरको फापरबारीमा जारी पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलले हरायो ।
ह्युगो लोरिसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
फिफा विश्वकप उपविजेता फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले अन्तर्राीष्ट्रय फुटबल खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । विश्वकप सकिएपछि सन्यास लिने योजना बनाउनुभएका लोरिसले तीन सातापछि सन्यासको घोषणा गर्नुभएको हो ।
विराट गोल्डकप चैतमा
विराट गोल्डकप फुटबल चैतमा हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म विराटनगरमा आयोजना गर्ने उल्लेख गरेको छ ।
बार्सिलोनाको कठिन जित
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ ।
रियललाई भिल्लारियलको धक्का
स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल म्याड्रिडलाई भिल्लारियलको नमिठो धक्का लागेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।