• ५ जेठ २०८१, शनिबार

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन

blog

लेन्सविरुद्ध गोल गरेपछि सहकर्मीसँग खुशी साट्दै पीएसजीका लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ११ गते । फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो । 

पीएसजीको यो कीर्तिमानी १०औँ लिग उपाधि हो । पीएसजीले सेन्ट इटिनेसँगै सर्वाधिक लिग जित्ने टोलीको कीर्तिमान बराबर गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई उपाधि जित्न बराबरी नतिजा प्रयाप्त बन्यो । पीएसजीका लागि लियोनल मेस्सीले ६८औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । 

१० खेलाडीमा समेटिएको लेन्सले ८८औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । कोरेन्टिन जिनले बराबरी गोल गर्दै टोलीको हार टार्नुभएको थियो । बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक बनाएको छ  । दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ । ५४ अंक बनाएको लेन्स सातौँ स्थानमा छ । एजेन्सी