• ५ जेठ २०८१, शनिबार

सिरी ‘ए’ उपाधि होड रोचक

blog

इटालियन सिरी ‘ए’ मा प्रतिस्पर्धा गर्दै एसी मिलान र लाजियोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १२ गते । इटालियन सिरी ‘ए’ लिग फुटबलको उपाधि होड रोचक बनेको छ । आइतबार राति भएको खेलमा लाजियोलाई उसैको मैदानमा २–१ गोलले हराउँदै एसी मिलान शीर्षस्थानमा उक्लिएको छ । एसी मिलानले इन्टर मिलानलाई पछि पार्दै शीर्षस्थान कब्जा गरेसँगै सिरी ‘ए’ उपाधि होड रोचक बनेको हो । 

लाजियोमाथि पूनरागमन जित निकाल्न एसी मिलानका ओलिभर गिरुड र सान्द्रो टोनालीले गोल गर्नुभयो । लाजियोका सिरो इमोविलेको सुरुवाती गोल गोल सान्त्वना गोलमा परिणत भयो । चौथो मिनेटमै सिरो इमोविले गोल गर्दै लाजियोलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि मिलानले दोस्रो हाफमा गोल गरेको हो । ५०औँ मिनेटमा ओलिभर गिरुडले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

इन्जुरी समयमा सान्द्रो टोनालीले गोल गर्दै एसी मिलानलाई रोचक जित दिलाउनुभयो । जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई दुई अंकले पछि पारेको छ । मिलानको ३४ खेलबाट ७४ अंक छ । एक खेल कम खेलेको इन्टरको ७२ अंक छ । पराजित लाजियो ५६ अंक सहित सातौँ स्थानमा छ । एजेन्सी