केपी ओली कप : उद्घाटन खेलमा पुलिस र सातदोबाटोबीच भिडन्त
फागुन ११ गतेदेखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
रियललाई क्लब विश्वकप उपाधि
फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । मोरक्कोमा शनिबार राति भएको फाइनल खेलमा साउदी अरबको अल हिलाल क्लबलाई ५–३ गोलले हराउँदै रियल म्याम्पियन बनेको हो ।
महिला फुटबल टोलीको बिदाइ
भारतसँग मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार महिला टोलीको विदाइ गरेको हो ।
लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने
कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।
मेस्सी, एमबाप्पे र बेन्जेमा ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम तीनमा
विश्व फुटबल महासंघ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जेमा पर्नुभएको छ ।
झापा गोल्ड कपको मुख्य प्रायोजकमा चौधरी ग्रुप
आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म झापाको मेची रङ्गशाला भद्रपुरमा आयोजना हुन गइरहेको प्रथम भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजन मुस्ताङ बियरले गर्ने भएको छ।
साफ यु-२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा
नेपाल साफ यु-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।