• १८ असार २०८१, मङ्गलबार

एनएसएल गर्न एन्फाको अनुमति

blog

काठमाडौं, जेठ ३१ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न अनुमतिसँगै समय पनि दिएको छ । एन्फाले सोमबार आयोजक आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टलाई पत्राचार गर्दै दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल एनएसएल गर्न भदौ २५ देखि कार्तिक ५ गतेसम्म्को समय समेत उपलब्ध गराएको हो । 

एन्फाले आयोजकलाई प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराएरमात्र प्रतियोगिताका सञ्चालन गर्न समेत आग्रह गरेको छ । यसअघि एनएसएल चैत्र २६ गतेदेखि हुने तय भएपनि सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो ।

आयोजकले प्रतियोगिताको लागि गत फागुन २० गते खेलाडी अक्सन समेत गरेको थियो । एनएसएल आयोजना र खेलाडी अनुबन्धनका विषयमा ‘ए’ डिभिजनका क्लबले आन्दोलन गरेपनि एनएसएल विवादमा परेको थियो ।