• १२ असोज २०८१, शनिबार

पालिकास्तरीय फुटबलको उपाधि मुसीकोटलाई

blog

विजेता मुसीकोट नगरपालिकाको फुटबल टिम । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुम पश्चिम, असार ४ गते । रूकुम पश्चिमको चौरजहारीमा आयोजित प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि मुसीकोट नगरपालिकाले जितेको छ । चौरजहारी नगरपालिका २ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा चौरजहारी नगरपालिकालाई ३–२ पराजित गर्दै मुसीकोटले उपाधि जितेको हो ।

यससँगै मुसीकोटले समूह चरणको हारको बदला समेत लिएकाे छ । शुक्रबार भएको समूह चरणको खेलमा मुसीकोटले चौरजहारीसँग ४–० गोल पराजित भएको थियो । उपाधिसँगै मुसीकोटले ७० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता चौरजहारीले ४० हजार रुपियाँ प्राप्त गरेको छ । 

जिल्लामा भएका ६ स्थानीय तहमध्ये तीन नगरपालिकाले मात्र प्रतियोगितामा भाग लिएका थिए । स्थानीय तह बनेपछि जिल्ला खेलकुद विकास समिति रूकुम पश्चिमले पहिलो पटक जिल्लामा पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।