• १४ माघ २०८१, सोमबार

आर्मीलाई मकवानपुर गोल्डकप उपाधि

blog

उपाधिसहित आर्मीका खेलाडी । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौंडा, जेठ ३० गते । चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबार भएकोे फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । 

आर्मीको जितमा कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गर्नुभयो । विजय युथका डोना थापाले सान्त्वना गोल पर्काउनुभयो । गत बर्ष पनि आर्मीले विजय युथलाई नै हराएर उपाधि जितेको थियो ।

उपाधिसँगै आर्मीले १५ लाख रुपियाँ पाएको छ ।उपविजेता विजय युथले १० लाख रुपियाँमा चित्त बुझायो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका गोलरक्षक एवं कप्तान अशोक बरालले बुलेट बाइक पुरस्कार पाउनुभयो । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने चुनिनुभयो । उत्कृष्ट सबैले जनरी २५ हजार रुपियाँ पाउनुभयो । विजेतालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गर्नुभयो ।