• १३ असोज २०८१, आइतबार

एनआरटी टोलीको विदाई

blog

विदाई कार्यक्रममा एनआरटी टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १३ गते । प्रि–सिजन टुर खेल्न मलेसिया र थाइल्यान्ड जाने  ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई सोमबार विदाई गरिएको छ । एनआरटी टोली मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप खेल्न सोमबार राति नै मलेसिया प्रस्थान गर्नेछ ।

टीवाईटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।एनआरटीले कारोसँग पहिलो खेल जुन ३० तारिख र पेनाङसँग जुलाई २ मा खेल्नेछ । लिगमा प्राप्त गरेको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्नेछ। 

यस प्रतियोगितामा विजेताले १० हजार र उपविजेता टोलीले पाँच हजार मलेसियन रिङगेट पुरस्कार पाउनेछ । मलेसियापछि एनआरटीले थाईल्याण्डमा तीनवटा मैत्रीपूर्ण खेल खेल्ने समेत क्लबले जनाएको छ । एनआरटी शहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारीका लागि वैदेशिक टुरमा निस्किएको हो ।