• ४ चैत २०८२, बुधबार

मंगलेश्वर युवा क्लबलाई पुरुष भलिबल उपाधि

blog

उपाधि बिजेता मंगलेश्वर युवा क्लब । तस्बिर :अनिल पराजुली ।

अनिल पराजुली    

हेटौँडा, चैत ४ गते ।मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका–२ स्थित मंगलेश्वर युवा क्लबले जितेको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न प्रतियोगितामा मंगलेश्वर विजयी भएको हो ।

मङ्गलबार महोत्सवस्थलमा भएको फाइनल खेलमा हेटौँडा–११ स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै मंगलेश्वरले उपाधि जितेको हो ।

मंगलेश्वरले छहारीलाई २७–२५, २५–२० र २५–१६ को सेटमा हराएको थियो ।उपाधिसँगै मंगलेश्वर युवा क्लबले एक लाख रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

 उपविजेता छहारी युवा समाजले ५० हजार रुपैयाँसहित शिल्ड र मेडलमा चित्त बुझाएको छ ।सेमीफाइनलमा पराजित प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराही र मनहरीका टोलीले समान १५÷१५ हजार रुपियाँसहित मेडल प्राप्त गरेका छन् । 

मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।प्रतियोगितामा मंगलेश्वरका कुशल लामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।

 यस्तै उत्कृष्ट डिफेन्डर मंगलेश्वरकै विवेक कार्की, उत्कृष्ट स्पाइकर छहारीका पुजन गुरुङ, उत्कृष्ट सेटर मंगलेश्वरका उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारीका योगबहादुर लामा र उदयीमान खेलाडी मनहरीका जोशन गौतम घोषित हुँदै जनही दुईदुई हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।