पेलेको अन्तिम संस्कार आज
ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
फिदिम स्पोर्टिङलाई उपाधि
चौथो फिदिम नगर गोल्डकपको उपाधि फिदिम स्पोर्टिङ क्लबले जितेको छ ।
सङ्कटा सेमिफाइनलमा प्रवेश
सङ्कटा क्लब पोखरामा जारी २२औँ आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा सङ्कटाले विभागीय टोलीको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो ।
टोट्टनहाम हार्दा चेल्सी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाम पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोट्टनहाम एस्टन भिल्लासँग २–० गोलले पराजित भयो । अर्को खेलमा चेल्सी नटिङ्घमसँग १–१ गोलको बराबरीमा रोकियो ।
मेस्सी र नेयमारको अभावमा पीएसजी स्तब्ध
टोलीका प्रभावशाली खेलाडी खेलाडी लियोनल मेस्सी र नेयमारविनै प्रतिस्पर्धा गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पहिलो हार खेपेको छ । कतार विश्वकप पछि सुरु भएको लिगमा आइतबार राति पीएसजी लेन्ससँग ३–१ गोलले स्तब्ध भयो ।
चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइनले मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हरायो ।
फुटबल खेलाडी सिम्रन गाउँमा सम्मानित
झापाको कनकाई–८ निवासी महिला फुटबलकी यू–१५ साफ च्याम्पियन खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ ।
सङ्कटामा पुनः इन्द्रमान
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब सङ्कटाको अध्यक्षमा इन्द्रमान तुलाधर फेरि निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले तुलाधरलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
स्पान्योलसँग बार्सिलोनाको बराबरी
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १०/१० खेलाडीमा समेटिएका थिए ।