• १३ असोज २०८१, आइतबार

सलहेश सेमिफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, वैशाख २५ गते । सलहेश फुटबल क्लब धनकुटाको राजारानीमा जारी १०औँ गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पुण्य माविको खेल मैदानमा सोमबार सम्पन्न खेलमा सलहेश क्लब सिराहाले उदयपुरको गाईघाट फुटबल क्लबलाई ४–० गोलले हरायो । 

सलहेशको लागि समीर तामाङले १७औँ र ७७औँ मिनेटमा गोल गर्नुभयो । सुजन पुलामीले ४५औँ र विवेक तामाङले ८६औँ मिनेटमा गोल गर्नुभयो । समीर तामाङ म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।