• १३ असोज २०८१, आइतबार

वीरगंज युनाइटेड सेमिफाइनलमा

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै वीरगंज र एपीएफका खेलाडी । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, वैशाख ३० गते । वीरगंज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको छ । 

धनकुटास्थित तल्लो टुडिखेलमा शनिबार भएको खेलमा वीरगंजले एपीएफ क्बललाई टाइब्रेकरमा ४–१ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बरबारमिा सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो । वीरगंजका लागि निर्धारित समयमा निरज थापाले २३औं र विवेक चौधरुीले ८६औं मिनेटमा गोल गर्नुभयो । 

एपीएफका सन्तोस कट्वालले ६३औं र प्रविन स्याङदेनले ८४औं मिनेटमा गोल गर्नुभयो । टाइब्रेकरमा वीरगंजका चार र एपीएफका दुई खेलाडीले गोल गरेका थिए । वीरगंजका गोलरक्षक दिलमणि चौधरी म्यान अफ दी म्याच हुनुभयो । उहाँले चार हजार रुपियाँ पुरस्कार पाउनुभयो ।