ब्याज घटाउन माग
बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् । बैङ्क तथा वित्तीय संस्था आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य सङ्घको आह्वानमा विरोध प्रदर्शन भएको हो ।
मौसम खुलेसँगै पर्यटकीय चहलपहल
वर्षात् सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको हो । विशेष गरी कात्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजारभन्दा बढी पर्यटकहरू भित्रिन थालेको पर्यटन व्यवसायी सङ्घ अन्तुका सचिव रुद्र घिमिरेले बताउनुभयो ।
गरिबी निवारण लक्ष्य हासिल गर्न चुनौती
गरिबी निवारणको राष्ट्रिय लक्ष्य हासिल हुन चुनौतीपूर्ण रहेको देखिएको छ । खासगरी कोभिड–१९ महामारी र युक्रेन–रुस युद्धका कारण आर्थिक गतिविधि सङ्कुचन भएकाले त्यसको प्रभाव गरिबी निवारणमा परेको बताइएको छ । सरकारी तथ्याङ्कअनुसार अहिले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको छ भने बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आय एक हजार चार सय अमेरिकी डलर रहेको छ ।
अर्घाखाँची सिमेन्ट निर्यात सुरु
अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ । रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) पीपीसी सिमेन्ट पठाएको सो उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुुभयो ।
वित्तीय क्षेत्रका समस्या समाधान गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कलाई विशेष पहल गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गानासहितका उच्च अधिकारीलाई भेटेर उक्त आग्रह गरेको हो ।
छुट र सुविधाको अझै टुङ्गो छैन
चालू आर्थिक वर्षभित्रै मुलुकभरका गरिब पहिचान गरी परिचयपत्र वितरण गरिसकिने भएको छ । हालसम्म दुई चरण गरी ४९ जिल्लाका गरिबको पहिचान गरी छ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरिएको छ । बाँकी २८ जिल्लामा रहेका गरिबको पहिचान गरेर चालू आर्थिक वर्षमा परिचयपत्र वितरण गरिसक्ने कार्यक्रम रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
एकाउन्न लाख नेपाली बहुआयामिक गरिब
नेपालमा १७ दशमलव ५ प्रतिशत नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
ब्याजदर नियन्त्रण गर्न माग
उद्योगी व्यवसायीले बैङ्कको चर्काे ब्याजदरले उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् । उद्योग व्यापार सङ्गठन, रुपन्देहीको १५औँ वार्षिक साधारण सभामा उहाँहरूले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीको अवस्था दयनीय भएको बताउनुभयो ।
सुर्खेतका व्यवसायीद्वारा बैङ्क बहिष्कार
सुर्खेतका उद्योगी व्यवसायी बैङ्क बहिष्कारमा उत्रिएका छन् । उद्योगी व्यवसायीले आइतबार यहाँ रहेका एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कमा धर्नासमेत दिएका छन् । बैङ्कले मनोमानी ढङ्गले ब्याजदर बढाएर किस्ता तिर्न दबाब दिएको आरोप लगाउँदै व्यवसायीले आइतबार र सोमबार दुई दिन बैङ्क बहिष्कार गर्ने
इन्धनको मूल्य यथावत्
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राखिने बताएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएको छ ।
खाद्यान्नमा आत्मनिर्भर तर वार्षिक चौहत्तर अर्बको खाद्यान्न आयात
खाद्यान्नमा नेपाल बचतकै अवस्थामा रहे पनि बर्सेनि निकै ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । मुलुकमा आव २०७८/७९ मा एक करोड सात लाख ७२ हजार मेट्रिक टन खाद्यान्न (धान, मकै, गहुँ, कोदो, फापर, जौ) उत्पादन हुने गरेको तथ्याङ्क छ । यस उत्पादनबाट बीउ, जर्ती, पशुु आहार, भण्डारण तथा प्रशोधन नोक्सानी कटाएर ७५ लाख ३० हजार मेट्रिक टन उपभोग योग्य खाद्यान्न उपलब्ध हुने कृषि तथा पशुुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
पुस्तान्तरणसँगै मादल व्यवसाय सङ्कटमा
बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ ।
आत्मनिर्भरता कार्यक्रमको कार्यविधि तयार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि तयार गरेको छ । यो कार्यविधिलाई अर्थ मन्त्रालयले स्वीकृति दिन बाँकी छ । कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन’ कार्यक्रम तिहारपछि कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
घोराही उपमहानरपालिका–१४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको वर्षौं भइसक्यो । लामो समय शिक्षण पेसामा रहनुभएकी उहाँ करिब दुई दशकदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा बनाउनेसँगै कपडाको बजारीकरण गर्ने व्यवसायमा व्यस्त हुनुहुन्छ ।
पानी उद्योगमा सिलबन्दी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ओसो पियोर ड्रिङ्किङ वाटर नामक उद्योगमा सिलबन्दी गरेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागको अनुगमनमा खटिएको टोलीले अनुज्ञापत्र नलिई पानी उत्पादन गरेर बिक्री वितरण गरेकाले यो उद्योगमा सिल गरिएको जानकारी दिनुभयो ।
निक्षेपको ब्याजदर यथावत्
वाणिज्य बैङ्कले कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । तर, कर्जाको ब्याजदर भने बढ्ने भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । एसोसिएसनको कार्यकारी समितिमा ब्याजदर नबढाउने राय आएपछि शुक्रबार ब्याज नबढाउने औपचारिक निर्णय गरिएको एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैङ्कका सीईओ सुनील केसीले जानकारी दिनुुभयो ।
सबस्टेसन निर्माण अन्तिम चरणमा
पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो । २०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।
माथिल्लो दोर्दी ‘ए’को व्यापारिक उत्पादन कात्तिकदेखि
लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ । दोर्दी गाउँपालिका–६, ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ र उत्पादित बिजुली केन्द्रीय प्रणालीमा थपिएको छ । आयोजनाका प्रवद्र्धक कम्पनीका सञ्चालक राजेन्द्र वस्तीका अनुसार आयोजनाले निर्माण पूरा गरी शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।
बढ्न थाल्यो पर्यटकीय चहलपहल
कोरोना भाइरस सङ्क्रमणले लामो समय थलिएको पर्यटन व्यवसाय मौसममा आएको सुधारले पुनः मौलाउन थालेको छ। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै आएका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। होटलका सभाहलसमेत तालिम, गोष्ठी, भेला आदि कार्यक्रमका लागि बुकिङ हुन थालेका छन्। आन्तरिक हवाई भरिभराउ छन्।
साँवा ब्याज नतिर्ने घोषणा
कोभिड–१९ का कारण व्यवसाय प्रभावित भएको भन्दै भैरहवाका होटल व्यवसायीले साँवा र ब्याज नतिर्ने घोषणा गरेका छन् । भैरहवा तथा आसपासका होटल व्यवसायीले असोजमा बैङ्कको त्रैमासिक साँवा र ब्याज नतिर्ने घोषणा गरेका हुन् । शनिबार पत्रकार सम्मेलन गरी उहाँहरूले कोभिड–१९ का कारण व्यवसाय सञ्चालन हुन नसकेको र सरकारले पुनरुत्थानका लागि प्रभावकारी नीति र कार्यक्रम नल्याएका कारण बैङ्कको साँवा र ब्याज तिर्न नसक्ने जनाएका हुन् ।
निजी क्षेत्रको योगदानबारे अध्ययन गर्ने सहमति
निजी क्षेत्रले अर्थतन्त्रमा पु-याएको योगदान अध्ययन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच सहमति भएको छ । दुवै संस्थाको सहकार्यमा तयार हुने यो प्रतिवेदनले निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावबारे अध्ययन, विश्लेषण हुने र नीतिगत सुझाव प्रस्तुत गर्ने बताइएको छ । यो प्रतिवेदनले निजी क्षेत्रको योगदान सम्बन्धमा नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको महासङ्घले जनाएको छ ।
इन्धन आयातबाट चौध अर्ब राजस्व
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि असोज २७ गतेसम्म छ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इनधन र ग्यास) आयात गरेर १४ अर्ब ३७ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो ।
छठ नजिकिएसँगै बाँसका सामग्रीको बिक्री बढ्यो
दशैँ सकिएसँगै सुनसरीको विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली र छठ नजिकिँदै जाँदा यी पर्वलाई लक्षित गर्दै डुम (मरिक) समुदायले बाँसको चोयाबाट बनाएका सामग्रीको बजारमा माग अत्यधिक बढेको छ । माग बढेकाले तराईका हाटबजारमा बाँसको सामग्रीको बिक्री पनि बढेको इनरुवा नगरपालिका–२ का राम मरिकले बताउनुभयो । विगतमा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने तर छठ आउन दुई साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको राम मरिकले बताउनुभयो ।
आयात प्रतिबन्ध मङ्सिरसम्म
विभिन्न चारवटा वस्तुमा लगाइएको आयात प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायम हुने भएको छ । यसअघि असोज २८ गते शुक्रबारसम्मका लागि जारी भएको प्रतिबन्ध सरकारले लम्ब्याउने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले