प्रतिकूल मौसमले पर्यटन क्षेत्र प्रभावित
प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् । खराब मौसमका कारण मनास्लुको आधार शिविरसहित विभिन्न क्याम्प पुगेका आरोही आरोहण पूरा नगरी फर्किन थालेका छन् । यस सिजनमा ४०४ जनाले आरोहण अनुमति लिएको मनास्लुमा झन्डै एक सय जतिले मात्रै आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।
‘वर्षाले कृषिमा गत वर्षभन्दा क्षति कम’
विगत आठ दिनदेखिको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुगेको छ । यो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेशका कृषि मन्त्रालयलाई पत्राचार गर्दै वर्षाका कारण कृषि तथा पशुपन्छीमा परेको क्षतिको विवरण पठाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
मुद्दती निक्षेपमा छपन्न करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५६ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६७ दिन)का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । आगामी कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म मुद्दती राख्न लागेको राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा ४४ करोड ८० लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कमा आठ करोड ४० लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा दुई करोड ८० लाख रुपियाँ लगानी गर्न लागेको हो ।
चौबीस सय पर्यटक अलपत्र
पर्यटकीय सिजनको सुरुवातमै मौसम प्रतिकूल हुँदा खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटक मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ ।
हाइड्रोजन उत्पादनको ‘रोडम्याप’ बनाउन सुझाव
नेपालमा बहसको विषय बन्दै आएको हाइड्रोजन उत्पादनलाई सम्भव बनाउन सके नेपाल हरित हाइड्रोजनका लागि हब नै बन्न सक्ने विज्ञ तथा सरोकारवालाले बताएका छन् । राजधानीमा आइतबारदेखि सुरु भएको दुईदिने नेपाल हरित हाइड्रोजन सम्मेलनका क्रममा सरकारका मन्त्री तथा विज्ञहरूले हाइड्रोजन उत्पादनलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।
जडीबुटी निकासी नहुँदा व्यवसायी चिन्तित
भारततर्फ निकासी गर्ने गरी नेपालगञ्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो । यसले करिब दुई हजार ५०० टन बढी जडीबुटी निकासी हुन नसक्दा नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको छ ।
बर्सात र बाढीले किसानलाई क्षति
पाँच दिनदेखिको निरन्तर वर्षा र राप्ती नदीसहित विभिन्न खोलामा आएको बाढी, डुबान र कटानबाट धान बालीसहितको खेतीमा ठूलो क्षति पुगेको छ । बाढीले राप्ती नदी वरपरका अधिकांश खेतको धान ढालेको छ भने तोरी र अन्य खेती तथा तरकारी खेतीमा पनि ठूलो नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । दशैँ बिदाका कारण क्षतिको यकिन विवरण भने सङ्कलन गर्न नसकिएको तर जिल्लाका विभिन्न स्थानबाट धान, तोरी तथा तरकारी बालीमा ठूलो क्षति पुगेको सूचनाहरू आइरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो ।
प्याराग्लाइडिङ प्रभावित
लगातारको झरीका कारण पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ । दशैँका बेला बिदामा पोखराको पर्यटनमा प्याराग्लाइडिङका निकै उडान हुने गरेकामा यस पटक भने झरीले पोखरा घुम्न आएका पाहुनाको हिँडडुल नै रोकिँदा समग्र पर्यटन व्यवसायी नै व्यवसायविहीनजस्तै भएका छन् । पोखरा आएर प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटक झरीका कारण उड्न पाएनन् ।
अमेरिकी डलरको मूल्य अकासियो
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ४२ पैसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपियाँ दुई पैसा तय गरिएको छ ।
सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार
चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।
उचाइ लिँदै अमेरिकी डलर अर्थतन्त्रमा बढ्यो चुनौती
अमेरिकी डलरको बढ्दो मूल्य र नेपाली मुद्राको खस्कँदो अवस्थाले नेपाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने खतरा देखिएको छ ।
गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न
रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
हिल्सामा सौर्य बिजुली उत्पादन सुरु
तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता
डिजिटल मुद्रा प्रचलनका लागि कानुन र संयन्त्र आवश्यक
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १४ गते ।डिजिटल मुद्रा प्रयोगमा ल्याउन विद्यमान कानुनी व्यवस्थामा पर्याप्त सुधार तथा छुट्टै संयन्त्र आवश्यक पर्ने देखिएको छ । सार्वजनिक छलफलका लागि नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी) ः नेपालका लागि नीतिगत लक्ष्य र डिजाइनको उपयुक्त पहिचान’ नामक सोचपत्रले विद्यमान कानुनी व्यवस्थाअनुसार डिजिटल मुद्रा जारी गर्न नसकिने भएकाले यसमा संशोधन आवश्यक रहेको उल्लेख गरेको हो । विद्यमान नेपाल राष्ट्र बैङ्क ऐनले केन्द्रीय बैङ्कले बैङ्क नोट र सिक्का मात्र जारी गर्न पाउने तथा केन्द्रीय बैङ्कले व्यक्तिगत, सङ्घसंस्था र राजनीतिक दलको खाता सञ्चालन गर्न पाउने व्यवस्थामा रोक लगाएकाले यसमा संशोधन आवश्यक रहेको सोचपत्रमा औँल्याइएको छ । त्यस्तै मुद्राको विद्यमान परिभाषालाई सीबीडीसी पनि परिभाषित हुने गरी व्यवस्था गर्नुपर्ने उक्त सोचपत्रमा उल्लेख गरिएको छ । यसबाहेक बैङ्क तथा वित्तीय संस्था ऐन (बाफिया) २०७३, कम्पनी ऐन, कर कानुनलगायतमा पनि संशोधन आवश्यक पर्ने सुझाव सोचपत्रले दिएको छ । डिजिटल मुद्राको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सोचपत्रले डिजिटल डेटा सुरक्षाको पनि छुट्टै कानुन आवश्यक पर्ने जनाएको छ । डिजिटल मुद्रा कार्यान्वयनमा ल्याउन राष्ट्र बैङ्कले एउटा छुट्टै समूह अथवा संयन्त्र बनाउनुपर्ने उल्लेख छ । यसरी संयन्त्र निर्माण गर्दा राष्ट्र बैङ्कअन्तर्गतका सरोकारवाला विभागका सदस्यसहितको संलग्नता हुनुपर्ने जनाइएको छ । यस किसिमको संयन्त्र सुरुको चरणमै आवश्यक नपरे पनि डिजिटल मुद्रा कार्यान्वयनमा आएपछि भने आवश्यक पर्ने सोचपत्रले देखाएको छ । सञ्चालन प्रक्रियासँग सम्बन्धित समस्या समाधान गर्न सक्ने अधिकारसहित यस्तो संयन्त्रको परिकल्पनाले सोचपत्रले गरेको छ । सोचपत्रले सीबीडीसीका लागि रणनीतिक योजना आवश्यक पर्ने र त्यसलाई सहयोग पुग्ने गरी सम्भाव्यता अध्ययन हुन जरुरी ठानेको छ । सीबीडीसी कार्यान्वयनमा अर्थतन्त्रमा पर्ने भार तथा लाभ र स्रोतको उपयोगका सन्दर्भमा यस्तो अध्ययन आवश्यक पर्ने उल्लेख छ । यसबाहेक सुरक्षित सीबीडीसी प्रणाली, उपयुक्त नीतिगत व्यवस्था र राष्ट्र बैङ्कको क्षमता वृद्धि महŒवपूर्ण हुने सोचपत्रमा जनाइएको छ । सहयोगी निकायसँगको निरन्तर समन्वय, सीबीडीसीका फाइदा र उपयोगका लाभका सन्दर्भमा जनचेतना अभिवृद्धि र डिजिटल बैङ्किङको निरन्तर प्रवद्र्धनलाई सोचपत्रले प्राथमिकतामा राखेको छ । त्यस्तै सीबीडीसी सार्वजनिकपूर्व यसको ‘प्रोटोटाइप’ आवश्यक पर्ने सुझाव सोचपत्रले दिएको छ । डिजिटल मुद्राको कार्यान्वयन चुनौतीपूर्ण भए पनि विश्वका कतिपय ठाउँमा यसको प्रयोग भइसकेको सन्दर्भमा त्यसबाट पाठ सिकेर नेपालमा लागू गर्नुपर्ने सोचपत्रले जनाएको छ ।
कर्मचारी सञ्चय कोषः केही भ्रम र यथार्थ
सञ्चय कोष सरकारद्वारा व्यवस्थित गरिएको अनिवार्य सेवानिवृत्त बचत व्यवस्था हो । कर्मचारीको सेवानिवृत्त जीवनमा आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले कर्मचारी र रोजगारदाता दुबैले यस कोषमा समान रुपमा योगदान गर्दछन् । यसलाई एक प्रकारको सम्झौतित अनिवार्य बचत व्यवस्थाको रुपमा बुझ्न सकिन्छ ।
रैथाने धानको अनुसन्धान गर्दै कृषिविज्ञ
कृषि अनुसन्धानकर्ताले सुदूरपश्चिमको तराईको कैलालीदेखि पहाडको बैतडीसम्म पाइने १२ प्रजातिका रैथाने धानबारे अनुसन्धान सुरु गरेको छ ।
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
ललितपुुर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९५ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ६७ करोड ७१ लाख ३० हजार ७१२ रुपियाँ सङ्कलन
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
ललितपुुर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९५ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ६७ करोड ७१ लाख ३० हजार ७१२ रुपियाँ सङ्कलन
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
ललितपुुर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९५ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ६७ करोड ७१ लाख ३० हजार ७१२ रुपियाँ सङ्कलन
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
ललितपुुर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९५ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ६७ करोड ७१ लाख ३० हजार ७१२ रुपियाँ सङ्कलन
कृषि औजार कारखाना आउने भयो सञ्चालनमा
अर्थ मन्त्रालयले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
कृषि औजार कारखाना आउने भयो सञ्चालनमा
अर्थ मन्त्रालयले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
कृषि औजार कारखाना आउने भयो सञ्चालनमा
अर्थ मन्त्रालयले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
कृषि औजार कारखाना आउने भयो सञ्चालनमा
अर्थ मन्त्रालयले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।