• १२ असोज २०८१, शनिबार

उद्योगबाट पुर्जी जारी

blog

नवराज कट्टेल

यो पनि पढ्नुहोस

उधारोमै उखु बेच्दै किसान

सुनसरी–मोरङ कोरिडोरमा थपियो ठूलो उद्योग

विराटनगर, पुस ९ गते । सुनसरीको बर्जुस्थित इस्टर्न सुगर मिलले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउन बुधबार पुर्जी जारी गरेको छ । मिलका महाप्रबन्धक झाले सरकारले मूल्य नतोके पनि समयमै क्रसिङ सुरु नगरे उखुको तौल घट्ने भएकाले किसान र मिल दुवैलाई घाटा हुने बताउनुभयो । “सरकारले समर्थन मूल्य तोकेपछि त्यसका आधारमा भुक्तानी दिनेछौँ । अहिले उखु काटेर ल्याउन भनेको छौँ,” महाप्रबन्धक झाले भन्नुभयो । 

किसानको खेतबाट मिलमा तौल नहुँदासम्मको घाटा किसानलाई नै हुन्छ । एक दिन मात्रै तौलमा ढिलाइ भए किसानले प्रतिक्विन्टल १० केजीसम्म घाटा बेहोर्नुपर्ने हुन्छ । उखु काटिसकेपछि धेरै सुके चिनी उत्पादनमा कमी हुन्छ ।

झापा, मोरङ र सुनसरीका दुई हजार छ सय किसानको खेतमा उखुबाली पाकेको छ । छ हजार बिघामा लगाइएको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष ११ लाख ८० हजार क्विन्टल उखु उत्पादन भएको थियो । गत वर्ष किसानले मिलबाट ५२० र नेपाल सरकारले ७० रुपियाँका दरले प्रतिक्विन्टल ५९० रुपियाँ पाएका थिए ।