• ८ मंसिर २०८१, शनिबार

घट्यो सुनचाँदीको मूल्य

blog

काठमाडौँ,  पुस  ८ गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु. एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख तीन सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु. ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रू. एक लाख एक हजार थियो । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले घटेर प्रतितोला रु. एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।