निर्यातमा अनुदानको बाटो खुल्यो
चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएबमोजिम उच्च निर्यात सम्भावना भएका वस्तु तथा सेवाले आठ प्रतिशतसम्म नगद अनुदान प्राप्त गर्ने बाटो खुला भएको छ । नगदमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधिमा दोस्रो संशोधन गर्दै सरकारले बजेटको यो व्यवस्थालाई सुनिश्चितता दिएको हो । यसअघि २०७५ सालमा कार्यान्वयनमा आएको कार्यविधिका केही व्यवस्था र अनुसूचीमा संशोधन गर्दै
जग्गा वर्गीकरणमा समन्वय नगरेको गुनासो
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जग्गा वर्गीकरणका लागि आफ्नो मन्त्रालयसँग कुनै समन्वय नभएको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा वर्गीकरणको काम अगाडि बढाएको र त्यसको जिम्मा स्थानीय तहलाई दिएको तर त्यसका बारेमा आफ्नो मन्त्रालयसँग कुनै समन्वय नभएको उहाँले दाबी गर्नुभयो ।
अन्डा उत्पादन धेरै उपभोग कम
विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व अन्डा दिवस मनाएको छ । सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अन्डा दिवस मनाउँदै आएको हो । यो वर्ष ‘उत्कृष्ट जीवनका लागि अन्डा’ मूल नाराका साथ विश्वभर नै यो दिवस मनाएको हो । नेपालमा चितवनलगायत विभिन्न ठाउँमा यो कार्यक्रम गरी विश्व अन्डा दिवस मनाएको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।
ब्याज मिनाहा गर्न पर्यटन व्यवसायीको माग
पोखराका पर्यटन व्यवसायीले कोभिड–१९ को अवधिभरको कर्जाको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन् । निक्षेपमा बैङ्कर्स सङ्घले आगामी कात्तिकमा ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेको भन्दै यसलाई तुरुन्त परिमार्जन गरी बैङ्क तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर एक अङ्कमा झार्नुपर्ने माग छ ।
नयाँ उचाइमा अमेरिकी डलर
अमेरिकी डलरको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । शुक्रबार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । डलरको मूल्य बढेसँगै नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार एक अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३२ रुपियाँ छ पैसा र (खरिददर) १३१ रुपियाँ ४६ पैसामा कारोबार भएको छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च बिन्दु हो ।
उजुरीबारे समयमै जवाफ नदिए कारबाही
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारबाही हुने जनाएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीविरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशनको केही इजाजतपत्रवाला संस्थाले अटेर गरेको भन्दै विभागले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
गुन्डुवासीलाई माला बनाउन चटारो
सूर्यविनायक नगरपालिका–७, गुन्डुका बासिन्दालाई तिहार पर्व नजिकिँदै गर्दा मखमली, सयपत्री फूल टिप्न र माला बनाउने कामले व्यस्त बनाएको छ । दशैँलगत्तै यहाँका किसान तथा फूल व्यवसायीलाई धानसँगै आली, कान्ला तथा खेत, बारीका पाटोमा लगाएको मखमली र सयपत्री फूल सङ्कलन तथा माला उन्ने कामको चटारो हुन्छ । त्यहाँका स्थानीय हरेक घरका आँगनमा मखमली, सयपत्रीको फूलको माला उन्ने काममा परिवारका पूरै सदस्यसहित जुटिरहेको भेटिन्छन् ।
गाभ्ने, गाभिने तथा प्राप्ति विनियमावली संशोधन
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी व्यवस्थालाई सामान्य संशोधन गरेको छ । बिहीबार गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ को पाँचौँ संशोधन गर्दै राष्ट्र बैङ्कले मर्जरका क्रममा हुने सेयर कारोबार रोक्का र त्यस्ता संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापनको अवधिसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ ।
स्थानीय तहसम्म विश्व खाद्य दिवस मनाइँदै
हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि ‘उत्पादन, पोषण र वातावरणमा सुधार ः सुखी जीवनको आधार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाउँदै आएको छ । कृषि विभागलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले शुक्रबार विभिन्न कार्यक्रम गरी सो दिवस मनाउँदै छन् ।
आलुमा बढ्यो परनिर्भरता
नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता बढ्दो छ । स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति विदेश पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा असोज १ देखि २६ गतेसम्म करिब पाँच हजार मेट्रिक टन आलु भित्रिएको छ । सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटी बजारमा मागको ८० प्रतिशत आलु भारतबाट आयात भएको बताउनुभयो ।
सुनकोसी–मरिण डाइभर्सन : आजदेखि सुरुङ खनिँदै
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट खन्न सुरु गरिने भएको छ । उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन जडान गरिसकेको छ ।
फूलमालाको मूल्य वृद्धि
आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ ।तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
विराटनगर भन्सारले थाल्यो आफैँ गस्ती
सीमा क्षेत्रमा तस्करी बढेसँगै यसको प्रभाव राजस्वमा परेका कारण भन्सार कार्यालय विराटनगरले समेत गस्ती सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार विभागको परिपत्रअनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको जानकारी दिनुभयो । विराटनगर भन्सारले चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व असुलीको लक्ष्य लिइएकामा दुई अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् लक्ष्यको ८०.९० प्रतिशत सङ्कलन गरेको छ ।
आयात प्रतिबन्ध हटाउन माग
आयात प्रतिबन्धका कारण व्यवसायीले नोक्सानी बेहोर्नु परेको र तस्करी बढिरहेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी सङ्घले यो हटाउन माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सङ्घले छवटा वस्तुको आयात प्रतिबन्ध फुकुवा भए पनि बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा सरकारले लक्ष्यअनुसार राजस्व पनि सङ्कलन गर्न नसकिरहेको सङ्घले जनाएको छ । अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपियाँ लगानी गरेर पूर्वाधार तयार गरेका
सार्वजनिक जग्गा प्रयोगमा कडाइ
सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरणले व्यापारिक भवन, हाउजिङलगायतका उपत्यकाभित्रको सार्वजनिक जग्गा तथा संरचनाको दुरुपयोगलाई रोक्ने भएको छ । यसका लागि प्राधिकरणले एक साताको म्याद दिएको छ । सो अवधिमा त्यस्ता जग्गा तथा संरचना नछाडे अथवा नियमानुसार नगरेका पाइएमा कारबाही प्रक्रियामा जाने जनाएको छ ।
एकीकृत जाँचचौकीबाट सामान आयात
विराटनगर एकीकृत जाँचचौकी (आईसीपी)बाट सामान आयात हुने भएको छ । यसअघि भन्सार नाकाबाट सामान आयात हुँदै गरेकामा अब आईसीपीबाट आयात हुने जनाएको छ । भारतीय भन्सार कार्यालयले सूचना निकालेर आगामी असोज ३० गतेदेखि एकीकृत जाँचचौकी प्रयोग गरेर मात्रै सामान आयात गर्ने भनेको छ । दुई वर्षअघि आईसीपी निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन ।
वार्षिक २० लाख रुपियाँभन्दा बढी बचत
रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका
अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ ।
अलपत्र पर्यटकको उद्धार सुरु
मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा रोकिएका पर्यटकको उद्धार सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्न निर्देशन दिएसँगै उद्धार कार्यले गति लिएको छ। निरन्तरको वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका पर्यटकमध्ये बुधबार उपल्लो डोल्पाबाट सात जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
जीटुजीको मल खरिद गर्न पठाइयो प्रस्ताव
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकारदेखि सरकार) प्रणालीमार्फत भारतबाट मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया खरिद गर्नका लागि भारतलाई खरिद प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकारकुमार सञ्जेलले जानकारी दिनुभयो ।
बेमौसमी वर्षाले कृषिमा क्षति
असोजको दोस्रो हप्तादेखि आएको बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिप्रति विभिन्न सङ्घसंस्थाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैमौसमी वर्षाका कारण ठूलो मात्रामा धनजनको क्षति भएको अखिल नेपाल किसान महासङ्घले जनाएको छ ।
हाइड्रोजन उत्पादन मिश्रित लगानीले मात्र सम्भव
नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको सम्मेलनले पहिलो चरणमा सरकारले पहल गरेको रासायनिक मल कारखानाको नमुना परियोजना सम्भव बनाउने र निजी क्षेत्रलाई ब्लिन्डेड फाइनान्सको मोडेलमा क्रमिक रूपमा समावेश गर्दै लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
सोह्र हजार भक्तजनले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैँको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दशैँ र तिहारको अवधिलार्ई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यस वर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ जना भक्तजनले पाथीभरा माताको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विगतमा झैँ यो वर्ष पनि दशैँको अवधिमा पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक
चाडपर्वमा पनि चलेन चौरजहारी विमानस्थल
दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् । चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताउनुभयो ।