• १३ साउन २०८१, आइतबार

प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

blog

काठमाडौँ,  पुस   १३ गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. चार सयले बढेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख दुई सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १० ले बढेर प्रतितोला रु. एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।